नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना सन्त्रास:नेपालगन्ज सिमानामा कडाई, स्वास्थ्य जाँचलाई तिब्रता
कोरोना सन्त्रास:नेपालगन्ज सिमानामा कडाई, स्वास्थ्य जाँचलाई तिब्रता
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत ९, २०७६ बागेश्वरी पोस्ट
कोरोना सन्त्रास:नेपालगन्ज सिमानामा कडाई, स्वास्थ्य जाँचलाई तिब्रता

नेपालगन्ज ।अहिले बिश्व नै कोरोनाको महामारीबाट ग्रसित छ। यसलाई मध्यनजर गर्दै नेपालगन्जको सिमा नाका जमुनाहमा आउजाउमा प्रशासनले कडाइ पारेको छ ।भारतबाट काम गर्न आउने सीमावर्ती भारतीयलाई रोक लगाइएको छ ।

प्रशासन कार्यालयका अनुसार बिरामीलाई मात्र आउजाउमा छुट दिइएको छ । किनमेललगायत कामले सीमापारि जानेलाई कोभिड–१९ को जोखिमबारे सम्झाएर फर्काउने गरिएको छ । सानाठूला गाडीको आवतजावत रोकिएको छ । शुक्रबारसम्म पैदल यात्रुलाई नाका पार गर्न दिइएको थियो । त्यसक्रममा एकै दिन दुई हजारभन्दा बढीले ओहोरदोहोर गरेपछि प्रशासनले सावधानी अपनाएको जनाएको छ । ‘

नाका बन्द गर्न मिल्दैन,’ प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, ‘अहिलेलाई आवागमन रोकेर उच्च सावधानी अपनाएका हौं ।’ अत्यावश्यक कामले आउजाउ गर्ने दुवै मुलुकका बासिन्दालाई नरोकिएको उनले बताए । नाकामा शनिबारबाट खटाइएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले ओहोरदोहोरमा निगरानी गर्नुका साथै स्वास्थ्य परीक्षणमा सघाइरहेका छन् ।

छिमेकी भारतको उत्तर प्रदेशमा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि मुलुक फर्किनेको भीड बढेको हो । इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार चैत ५ यता २४ हजार २ सय ३२ जना नेपाल फर्किसकेका छन् । भारत जाने नेपालीलाई नाकाबाट फर्काउन थालेपछि चाप घटेको हेल्थ डेस्कमा खटिएकी स्वास्थ्यकर्मी दुर्गा महतले बताइन् । इलाका प्रहरी कार्यालयका प्रमुख माधव रिजालले भारत जानेको संख्या न्यून रहेको बताए । त्यस्तै नरैनापुर गाउँपालिकाले पनि शनिबारदेखि सीमा नाका बन्द गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी शिवबहादुर सिंहले बताए । ‘आवतजावत पूर्ण रूपले बन्द गरेका छौं,’ उनले भने, ‘भारतीयलाई सीमा पारि र नेपालीलाई मुलुकमै रोकेका हौं ।’ उनका अनुसार नरैनापुरका सीमावर्ती ककरदरी, रामपुर, शोनवर्षा, सुइया, बनियागाउँ, रोशनपुर्वा, घोडदौरियालगायत नाकामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको छ । यसैगरी आजदेखि बाँकेका अत्यावश्यक बाहेकका सबै पसल बन्द गर्न आग्रह गरिएको छ।


प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  ०७:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP