नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • स्वच्छ सफा नेपालको १२औँ वार्षिक साधारण सभा सम्पन्न
स्वच्छ सफा नेपालको १२औँ वार्षिक साधारण सभा सम्पन्न
बागेश्वरी पोस्ट
बिहीबार, भदौ १९, २०८२ बागेश्वरी पोस्ट
स्वच्छ सफा नेपालको १२औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । पर्यावरण संरक्षण र दिगो फोहर व्यवस्थापनमा क्रियाशील गैरनाफामुखी संस्था स्वच्छ सफा नेपाल (क्लिन अप नेपाल) ले आज काठमाडौंमा आफ्नो १२औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ । २०७१ साल जेठ ८ गते स्थापना भएको यस संस्थाले स्वच्छ वातावरण, स्वच्छ हावा, स्वच्छ पानी र जिम्मेवार जीवनशैली प्रवर्द्धन गर्दै आएको छ।

सभामा प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा ३६०० भन्दा बढी अभियानकर्मीको सहभागितामा १५० टन फोहर संकलन, ५०० जनालाई प्लास्टिक व्यवस्थापन तालिम, ५३० जनालाई व्यक्तिगत सुरक्षा सामग्री वितरण, ४६८ जनालाई सामाजिक सुरक्षा योजनामा आवद्ध, २२०० भन्दा बढी बृक्षारोपण, २६५ जनाको जलवायु न्यायसम्बन्धि क्षमता विकास, ४५ सरसफाईकर्मी महिलालाई स्वास्थ्य सेवा तथा ५७ विद्यालयका ४००० भन्दा बढी विद्यार्थीलाई शून्य फोहर कार्यक्रम अन्तर्गत तालिम प्रदान गरिएको उल्लेख छ ।

कार्यक्रममा कोषाध्यक्ष नवराज पौडेलले संस्थाको वार्षिक आम्दानी रु. ४ करोड ८० लाख ५२ हजार ७२७ र खर्च रु. ३ करोड ९६ लाख ३८ हजार ९५५ भएको वित्तीय प्रतिवेदन प्रस्तुत गरे । लेखा परीक्षक सुजन सुबेदीले संस्थाको लेखा प्रणाली उत्कृष्ट र पारदर्शी रहेको बताए । कार्यकारी निर्देशक रविन्द्र लामिछानेले नदी सरसफाई, अनौपचारिक सरसफाईकर्मीको पेशागत हित संरक्षण, उद्यमशीलता प्रवर्द्धन तथा जलवायु न्यायका क्षेत्रमा संस्थाले उल्लेख्य योगदान गरेको जानकारी दिए ।

साधारण सभामा सरोकारवालाहरूले क्लिन अप नेपालको कामले गैरसरकारी संस्थाप्रति विश्वास जगाएको उल्लेख गर्दै आगामी दिनमा स्रोतको विविधिकरण र दीर्घकालीन योजनामा ध्यान दिनुपर्ने सुझाव प्रस्तुत गरे । कार्यक्रममा ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका, समाज कल्याण परिषद, विभिन्न साझेदार संस्था, निजी क्षेत्रका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  २१:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP