prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ २६, २०८२ बागेश्वरी पोस्ट
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प

नेपालगञ्ज । ‘जेन-जी’ पुस्ताले गरेको आन्दोलनमा विकसित घटनाक्रमका सन्दर्भमा नेपाली काँग्रेस बाँकेले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा पछिल्लोपटक विकसित घटनाक्रमका कारण सिर्जित बिषम् परिस्थिति र ठूलो धनजनको क्षतीपछि नेपाली कांग्रेस बाँके स्तब्ध छ । ‘जेन–जी’ पुस्ताले गरेको आन्दोलनका क्रममा बाँकेमा पनि ठूलो मात्रामा सार्वजनिक तथा निजी सम्पत्ति, स्थानीय पालिकाहरु, सरकारी कार्यालय, पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीका हृदयविदारक घटनाले हामीलाई दुःखित तुल्याएको छ । अब यस्तो गल्ती कहीँ कतैवाट दोहोरिनु हुँदैन ।'

'शान्तिपूर्ण भनिएको आन्दोलनका क्रममा देशका धरोहर; नेपालको लोकतान्त्रिक आन्दोलनका नायकहरु स्वर्गीय विपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठका शालिक भत्काउनुलाई कदापि सही मान्न सकिँदैन, जेन—जीको आन्दोलनमा नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा लगायतका नेतामाथि भएको अमानवीय, क्रुर तथा सांघातिक आक्रमण तथा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु र सर्वसाधारण नागरिककका निजी सम्पत्तिमा भएको आगजनीको समेत हामी घोर निन्दा र भत्र्सना गर्दछौं’, पार्टी सभापति नारायणप्रसाद गौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘जेन–जी पुस्ताले आन्दोलन थाल्दा गरेको उद्घघोष विपरित खर्बौंको क्षती हुने गरी गरिएको तोडफोड र आगजनीले तपाईं–हामीलाई नराम्ररी गिज्याइरहेको छ । मुलुकलाई शीरमा राखी अघि बढ्नुपर्नेमा हुलहुज्जत गरी आफैंलाई नांगो बनाउने चरित्रले हामीलाई सधैं झस्काइरहनेछ । अब यस्तो परिस्थिति पुनः दोहोरिन हुँदैन भन्ने हाम्रो आग्रह छ । हाम्रो भद्र आग्रहलाई बेवास्ता गरियो भने त्यसको परिणाम सुखद नहुने चेतावनी समेत दिन चाहन्छौं । अर्कोतर्फ, ‘जेन–जी’ पुस्ताले बोकेको एजेण्डा र भावना अनुकूल हुने गरी अब संविधानसम्मत लोकतान्त्रिक पद्दतिको बाटो तय गर्नुको अरु विकल्प छैन । यो विषम् परिस्थितिमा वार्ता र संवादमार्फत निकास निकाली फेरि मुलुक निर्माणको अभियानमा जुट्नुपर्ने बेला आएको छ । अहिलेको अवस्थाबाट माथि उठी पुनःनिर्माणको नवीन मार्ग तय गर्नका लागि संयम, संवाद र एकता अपरिहार्य छ । त्यसका निम्ति नेपाली कांग्रेस बाँके सम्बद्ध सबैसंग हार्दिक आह्वान गर्दछ । साथै, नेपाली काँग्रेसका सम्पूर्ण नेता कार्यकर्तालाई उच्च मनोबलका साथ अघि बढन आव्हान गर्दछौं’-विज्ञप्तिमा भनिएको छ ।  

साथै, आन्दोलनका क्रममा काठमाडौंमा शहादत प्राप्त गर्ने बाँके नेपालगञ्जका दुई जना होनहार युवासहित सबै दिवंगत युवाहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ । यसैगरी, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि विज्ञप्तिमार्फत गरिएको छ ।


प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP