prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज ७, २०८२ बागेश्वरी पोस्ट
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन संयुक्त कार्ययोजना बनाएर अघि बढिरहेको बताएका छन् । 

नेकपा एमाले क्षेत्रीय समन्वय समिति क्षेत्र नं. ३ को पाँचौं पूर्ण बैठकलाई आज बाँकेमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर आन्दोलनबाट प्रभावित सेवा प्रवाहलाई पुरानै लयमा फर्काउने प्रयास भइरहेको बताए । 'सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन जरुरी छ । त्यसका लागि स्थानीय सरकार र प्रदेश सरकारले संयुक्त ढंगले कार्ययोजना बनाएर अघि बढ्न खोजिरहेका छौं,’ उनले भने, ‘कर्मचारीहरूको दबिएको मानसिकता छ । त्यसलाई माथि उठाउन प्रयास गरिरहेका छौं । त्यस मानेमा पनि यदि हामी चुप लागेर बस्यौं भने खराब तत्वले मुलुकमा राज गर्ने अवस्था आउँछ ।’

मुख्यमन्त्री आचार्यले तोकिएको समयमा चुनाव हुने हो भने नेकपा एमाले चुनावबाट नभाग्ने स्पष्ट पारे । ‘यदि साँच्चै तोकिएको मितिमा चुनाव हुने हो भने हामी चुनावबाट भाग्दैनौं,’ उनले भने, ‘एमाले चुनावबाट कुनै हालतमा भाग्दैन ।’ यस्तै, सम्बोधनका क्रममा उनले देशको राष्ट्रियता र स्वाभिमानका पक्षमा दृढताका साथ उभिएकै कारण तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढालिएको दाबी गरे । नेपालको सहमति विना भारत र चीनले नेपाली भूमिलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने सम्झौता गरेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएकै कारण मुलुकमा यस्तो परिस्थिति सिर्जना भएको दाबी उनको छ । ‘चीन भ्रमणको क्रममा देशको भूमिसम्बन्धि विषय नउठाएको भए यो अवस्था आउने थिएन,’ उनले भने, ‘देशको स्वाभिमान र राष्ट्रियताको पक्षमा उभिएकै कारण यो अवस्था सिर्जना भएको हो । यसमा दुईमत छैन ।’

आँधिबेहरीमा सतिशालझैं उभिन सक्दा मात्र गन्तव्यमा पुग्न सकिने उल्लेख गर्दै उनले भने, ‘घर जलेर खरानीको थुप्रो मात्र छ । शरीरमा लगाएको कपडा बाहेक केही छैन । तर, म निराश छैन । अहिले कर्मचारीहरूको मनोबल उच्च बनाउन, संरचनाहरू छिटो भन्दा छिटो सुधार गरेर सेवा प्रवाह गर्न सकिन्छ भन्ने विश्वास दिलाउन अनुगमन गरिरहेको छु । जनताको मनोबल कसरी बढाउन सकिन्छ भन्नेमा ध्यान दिएर अघि बढेका छौं ।’

आम जनताबीच पुग्ने गरी पार्टीले कार्ययोजना निर्माण गर्ने समेत उनले बताए । ‘भदौ २३ गते जेन्जीहरूले सडकमा आन्दोलन गरे । आन्दोलन भइरहँदा यो मुलुकमा यस्तो अवस्था आउला भनेर कसैले कल्पना गरेका थिएनौं । प्रदर्शनका दुई माग थिए । सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्य गर्नुपर्ने र बन्द भएको सामाजिक सञ्जाल सञ्चालन हुनुपर्ने । राज्य सत्ता परिवर्तन भने उनीहरूको माग थिएन,’ मुख्यमन्त्री आचार्यले भने, ‘सुरक्षा निकायका अंगहरूले आन्दोलनको बारेमा समयमै जानकारी लिन सक्नुपर्थ्यो । घटनाको सत्यतथ्य पत्ता लगाउन जरुरी छ । सुरक्षा निकायलाई सूचना भएर पनि राजनीतिक नेतृत्वलाई गुमराहमा पारियो या जानकारी नै भएन, यो विषय छानबिन हुनु आवश्यक छ ।’


प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  २१:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP