नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेका विभिन्न स्थानमा चाडपर्व लक्षित 'यात्रु सहायता कक्ष' स्थापना
बाँकेका विभिन्न स्थानमा चाडपर्व लक्षित 'यात्रु सहायता कक्ष' स्थापना
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज ९, २०८२ बागेश्वरी पोस्ट
बाँकेका विभिन्न स्थानमा चाडपर्व लक्षित 'यात्रु सहायता कक्ष' स्थापना

नेपालगञ्ज । बडादशैं लगायत नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै बाँकेका विभिन्न स्थानमा यात्रु सहायता कक्षको स्थापना गरी सञ्चालनमा ल्याइएको छ । चाडपर्वका अवसरमा सार्वजनिक यातायातमा हुने भिडभाड व्यवस्थापन तथा यात्रा गर्ने यात्रुहरुको सहायताका लागि नेपालगञ्ज ४ बसपार्क, नेपालगञ्ज १५ जमुनाहा र कोहलपुर ११ स्थित बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

चाडपर्वका बेलामा सुरक्षित यात्रा र यात्रुहरुको सुविधाको लागि सवारीचालक एवं यातायात व्यवसायीहरुलाई विशेष ध्यान पुर्याउन ट्राफिक प्रहरी कार्यालय बाँकेले आग्रह गरेको छ । चाडपर्वका बेलामा जिल्लाभित्र चल्ने सवारी साधन र बाहिरबाट भित्रिने सवारी साधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि सहायता कक्षको स्थापना गरिएको हो । बाँके ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार चाडपर्वको बेलामा यात्रुहरुले विभिन्न सास्ती पाउन सक्ने भन्दै यातायातका साधनको सबैभन्दा बढी भिडभाड हुने कोहलपुर बसपार्क, नेपालगञ्ज बसपार्क र भारतबाट आउनेको यात्रुका लागि जमुनाहामा सहायता कक्ष स्थापना गरिएको हो ।

चाडपर्वको समयमा यातायातका साधनमा दोहोरो टिकट काटेर यात्रुले दुःख पाउने, भाडाका कारण यात्रु ठगिने, यात्रुहरुको सामान हराउने, सवारीमा क्षमता भन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुने लगायतका समस्या कम गराउन सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी प्रमुख पन्तले बताए । त्यसैगरी जमुनाहामा भारतबाट आउने यात्रुहरुको सहयोगका लागि जमुनाहामा सहायता कक्षको स्थापना गरिएको नेपालगञ्ज ट्राफिक कार्यालयक इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक नन्दकुमार पोखरेलले जानकारी दिए ।

उनका अनुसार यात्रुहरुको गुनासोको सुनुवाई समेत ट्राफिक प्रहरीले गर्नेछ । कुनै पनि यात्रुलाई समस्या परे तत्काल जिल्ला प्रहरी कार्यालय अथवा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा फोन गरेर वा ड्युटीमा रहेका प्रहरीलाई भेटेर यात्राको बारेमा गुनासो गर्न सकिने र यात्रु सहायता कक्षबाटै यात्रुका समस्या समाधानको प्रयास गरिने पोखरेल बताए  ।


प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  २१:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जन्मदिनमा केसीद्वारा मानव सेवा आश्रमलाई भोजन सेवाका लागि २५ हजार सहयोग
जन्मदिनमा केसीद्वारा मानव सेवा आश्रमलाई भोजन सेवाका लागि २५ हजार सहयोग
नेपालगञ्जमा संवेदनशील र प्रभावकारी रिपोटिङ्गका लागि पत्रकारको क्षमता अभिवृद्वि कार्यक्रम
नेपालगञ्जमा संवेदनशील र प्रभावकारी रिपोटिङ्गका लागि पत्रकारको क्षमता अभिवृद्वि कार्यक्रम
नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना
नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP