नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक १४, २०८२ बागेश्वरी पोस्ट
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'

नेपालगञ्ज । जेन–जी आन्दोलनका क्रममा भएको भौतिक एवम् मानवीय क्षतिको यथार्थ छानबिनका लागि गठित जाँचबुझ आयोगका सदस्य एवम् प्रबक्ता विज्ञान राज शर्माले निष्पक्ष र निर्भिक रूपमा प्रतिवेदन तयार पारिने प्रतिबद्धता ब्यक्त गरेका छन् । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना, निजी घर एवम् प्रतिष्ठानमा भएको क्षतिको स्थलगत अध्ययन तथा सरोकारवालासंग छलफलका लागि बाँके आएका शर्माले आज नेपालगञ्जमा आयोजित कार्यक्रममा आयोगले कुनै पूर्वाग्रह नराखी प्रतिवेदन बुझाउने बताए । उनले फौजदारी अपराधमा प्रहरीलाई अनुसन्धान र कारवाही गर्ने अधिकार यथावत रहेको स्पष्ट पार्दै भने, “आयोगले कारवाही गर्ने होइन, केवल घटनाको यथार्थ अवस्थाबारे सरकारलाई जानकारी दिने हो।” आपराधिक घटनाको अनुसन्धान र अभियोजन गर्न कुनै रोकटोक नरहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले आन्दोलनका नाममा अराजक समूहले सरकारी संरचना र आफ्नो निजी घरमा समेत तोडफोड र आगजनी गरेको बताए । उनले घटनालाई अपराधका रूपमा गम्भीरतापूर्वक लिन आग्रह गरे । उद्दण्डता मच्चाउनेहरुलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुनेमा आचार्यको जोड छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले आगजनी र लुटपाटमा संलग्नहरुको पहिचान गरी कार्वाहीको दायरामा ल्याउनुपर्ने बताए ।

कार्यक्रममा सहभागीले विगतका आयोगका प्रतिवेदन कार्यान्वयन नभएकाले यसपटक पनि त्यस्तै हुने हो कि भन्ने आशंका व्यक्त गरेका छन् । उनीहरूले घटनामा संलग्नलाई कानूनी कारवाही गर्न आयोग र सरकार गम्भीर हुनुपर्ने माग गरे । कार्यक्रममा नेकपा एमाले लुम्विनी प्रदेशका सदस्य घननाथ खनाल, काँग्रेस बाँकेका सचिव सुधान्शु कोइराला, जिल्ला समन्वय समिति संयोजक ज्ञानेन्द्र कुमार चौधरी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, उच्च अदालत नेपालगन्ज बारका अध्यक्ष चित्र बहादुर शाही, इन्सेक लुम्बिनी संयोजक भोला महत, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायतले बोलेका थिए । त्यसक्रममा आगजनी र तोडफोड गरिएका सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिले कार्यालयको क्षति र अहिलेको सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएका थिए । जिल्ला प्रशासन कार्यालय बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी पुर्ण खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । 


प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १८:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP