नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • किसानका समस्याका विषयमा दवाव दिन नेपालगञ्जमा जुलुस प्रदर्शन
किसानका समस्याका विषयमा दवाव दिन नेपालगञ्जमा जुलुस प्रदर्शन
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक २३, २०८२ बागेश्वरी पोस्ट
किसानका समस्याका विषयमा दवाव दिन नेपालगञ्जमा जुलुस प्रदर्शन

नेपालगञ्ज । राष्ट्रिय किसान सञ्जालले आज नेपालगञ्जमा जुलुस प्रदर्शन गरेको छ । किसानका विविध समस्याहरुका विषयमा सरकारलाई दवाव दिन शान्तिपूर्ण जुलुस प्रदर्शन गरिएको नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री महेन्द्र मल्लले जानकारी दिए । नेपालगञ्ज कारकाँदोस्थित एस.के. पेट्रोल आसपासवाट शुरु भएको जुलुस सुर्खेतरोडस्थित खाद्य संस्थान नजिकै सभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष एवम् राष्ट्रिय किसान सञ्जालका अध्यक्ष डा. प्रेम दंगालले विभिन्न समयका सरकारले किसानको समस्या सम्वोधन गर्नै नचाहेको आरोप लगाए ।  

अध्यक्ष दंगालले भने-‘किसानका मुद्दामा राज्य संवेदनशील हुन सकेको छैन’, उनको थप भनाई थियो, ‘कहिले उखुको समस्याको कुरा आउँछ, कहिले मल पाएनौं भन्ने समस्या आउँछ । अहिले धानले मूल्य नपाएको गुनासो आइरहेको छ । सरकारले किसानको पीरमर्का बुझ्नै चाहेको छैन ।’ अध्यक्ष दंगालले किसानको हक, अधिकारको वकालत गर्न महासंघ प्रतिवद्ध रहेको समेत दावी गरे । सभामा नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द तिमिल्सिनाले किसानहरुले भोग्नु परेका समस्याको निराकरणका लागि सरकारविरुद्ध आन्दोलनको विकल्प नभएकाले नै सडकमा किसानहरु आउनुपरेको बताए । किसानका लागि हुने वीमा सम्बन्धि व्यवस्थाको उचित सम्बोधन, सहुलियत दरका कृषि कर्जा अनुदान, कृषि थोक बजारको उचित व्यवस्थापन, कृषि ऐन, समयमा मल, बीउको सरल र सहज उपलव्धता, दुध रकमको भुक्तानी, धान र उखुको समर्थन मूल्यको सरलीकृत गरिनुपर्ने महासंघको माग रहेको अध्यक्ष तिमिल्सिनाले बताए ।

जुलुस प्रदर्शनमा नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल किसान महासंघ र नेकपा एमालेको भ्रातृ संस्था अखिल नेपाल किसान महासंंघ तथा किसान सम्बद्ध अन्य विभिन्न संगठनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । त्यस्तै नेपाली काँग्रेसका जिल्ला सचिव सुधांशु कोइराला, एमाले जिल्ला सचिव बलराम भट्टराई, अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज आरती पौडेल, नेपाली काँग्रेस प्रदेश प्रतिनिधि पुरुषोत्तम शर्मा, नेपाल किसान महासंघका केन्द्रीय सदस्यद्वय प्रेम खरेल र विनोदराज सिग्देल, लुम्बिनी प्रदेश उपाध्यक्ष खड्ग बुढाथोकी लगायतको पनि जुलुसमा सहभागिता रहेको थियो ।

 


प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १८:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP