नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'किसानका आवाज बुलन्द पार्ने अभियानमा महासंघ लागेको छ'-अध्यक्ष तिमिल्सिना
'किसानका आवाज बुलन्द पार्ने अभियानमा महासंघ लागेको छ'-अध्यक्ष तिमिल्सिना
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २४, २०८२ बागेश्वरी पोस्ट
'किसानका आवाज बुलन्द पार्ने अभियानमा महासंघ लागेको छ'-अध्यक्ष तिमिल्सिना

नेपालगञ्ज । नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले किसानका आवाज बुलन्द पार्ने अभियानमा महासंघ रहेको प्रष्ट पारेका छन् । त्यसका लागि महासंघ देश दौडाहामा रहेको बताए । नेपालगञ्जमा सोमबार आयोजित पत्रकार भेटघाटमा उनले महासंघले अगाडि सारेका एजेण्डालाई जिल्ला जिल्लामा पुर्‍याइने दाबी गरे । 'तितरबितर भएका किसान संगठनलाई एक बनाएर महासंघ  अगाडि बढेको छ,' उनले भने । उनले किसानका विभिन्न समस्या र मागलाई सम्बोधन गर्न सरकारलाई दवाव दिन महासंघले जिल्लासम्म अभियान सञ्चालन गर्न लागेको प्रष्ट्याए । ‘हाम्रा एजेण्डालाई हामी जिल्ला-जिल्लामा लिएर जान्छौं, किसानमा केही न केही चेन्ज आउनुपर्छ,’ उनले भने, ‘किसानलाई हामी आधुनिक प्रविधिसँग जोडेर ब्यवसायमुखी बनाउन चाहन्छौं ।’

महासंघले समयमै धान खरिद गर्न खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई दवाव सिर्जना गर्दै आएको र उखु, दुध र स्याउ उत्पादक किसानको बाँकी बक्यौता भुक्तानी गराउन पनि सरकार लगायतका निकायसँग आवश्यक समन्वय गरेको अध्यक्ष तिमिल्सेनाको भनाई छ । किसानलाई रासायनिक मल वितरण कार्यलाई प्रभावकारी बनाउन महासंघले सरकारलाई पटक पटक ध्यानाकर्षण गराइरहेको बताउँदै भने, ‘रासायनिक मल बिक्री, वितरण गर्ने जिम्मा सहकारी संस्थालाई दिँदा कतै राम्रो भएको छ, कतिपय ठाउँमा बिकृति पनि निम्तिएको छ, किसानले सहकारीको विकल्पमा सिधै मल खरिद गर्न पाउनुपर्छ ।’ नेपाल भारत खुला सीमाका कारण नेपाली किसानले उत्पादन गर्ने बस्तुलाई भारतीय उत्पादनले बिस्थापित गर्ने गरेको उनको भनाई छ । मुलुकको बृहत्तर विकासका लागि कृषि, पर्यटन र जलस्रोतलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । 'कृषि, पर्यटन र जलस्रोतलाई एकैसाथ लिएर जानुपर्छ । त्यसो गर्न सकिएन भने मुलुकको बृहत् विकास सम्भव छैन.' उनले भने ।


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १८:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP