नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, जेठ ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मंसिरभित्रै नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्नुपर्दछ: गिरी
मंसिरभित्रै नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्नुपर्दछ: गिरी
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २५, २०८२ बागेश्वरी पोस्ट
मंसिरभित्रै नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्नुपर्दछ: गिरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य दीपक गिरीले कांग्रेस संसद पुनःस्थापनाको पक्षमा लाग्नुपर्ने बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै विघटित प्रतिनिधिसभाका सांसद समेत रहेका गिरीले असंवैधानिक कदम सच्याउन र संविधान संशोधन लगायत जेन–जी आन्दोलनले उठाएका माग सम्बोधन गर्न कांग्रेस पनि संसद पुनःस्थापनाको पक्षमा लाग्नुपर्ने आवाज उठाएका हुन् । "प्रधानमन्त्री हुन वा मन्त्री हुन संसद पुनःस्थापना गर्न चाहेको होइन," गिरीले भने-"जनताका असन्तुष्टिहरुलाई समावेश गरी संविधान संशोधन गर्दा राम्रो होला भन्ने मेरो सुझाब हो । यसबारे  चालू केन्द्रीय कार्यसमिति बैठकबाट औपचारिक धारणा बनाउन म आग्रह गर्न चाहन्छु ।"

गिरीले महाधिवेशन प्रतिनिधिहरुको भावनाको सम्मान गर्दै मंसिर महिनाभित्रै नियमित १५औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्नुपर्ने धारणा राखे । "उक्त महाधिवेशनबाट समय सुहाउँदो, युवाहरुको आकांक्षालाई समेत प्रतिनिधित्व गर्ने खालको नीति र कार्यक्रम  पारित गर्नुपर्छ," गिरीले आफ्नो धारणा राख्नेक्रममा भने-"यही स्थितिमा चुनावमा गएर के भन्ने ? नसुध्रिएको कांग्रेसलाई जनताले किन भोट दिने ? हाम्रा कमीकमजोरीका लागि क्षमा माग्दै अब कांग्रेस नयाँ नेतृत्व, नीति र कार्यक्रमसहित जनताको घर दैलोमा जानुपर्छ ।" महाधिवेशन गर्ने सवालमा मंसिर र बैशाख भनेर लोक हँसाउने काम नगर्न उनको आग्रह छ । उनले 'बिजनेस एज युजुएल'  गरेर अब पार्टी र मुलुक दुबै नचल्ने यथार्थ मनन गर्नुपर्ने संगिन बेला आइसकेको बताए ।

केन्द्रीय सदस्य गिरीले गत निर्वाचनमा नेपाली काँग्रेस र अन्य दलसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवारलाई अनुशासन समितिबाट कारबाहीको सिफारिस गरिनु अनुपयुक्त भएको भन्दै वर्तमान राजनैतिक परिस्थितिलाई मनन गरी आममाफी दिन माग गरे । गिरीले जेन-जी आन्दोलनमा अमूल्य जीवन गुमाएका सबै युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे । गिरीले उपचारका क्रममा सिंगापुरमा रहेका पार्टी सभापति शेर बहादुर देउबा र उनकी धर्मपत्नी केन्द्रिय सदस्य आरजु राणा देउबाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे । 


प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP