नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँके-बर्दियाका बहिरा युवालाई उद्यमशील बनाउन १५ दिने 'छ्वाली आर्ट' तालिम
बाँके-बर्दियाका बहिरा युवालाई उद्यमशील बनाउन १५ दिने 'छ्वाली आर्ट' तालिम
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २८, २०८२ बागेश्वरी पोस्ट
बाँके-बर्दियाका बहिरा युवालाई उद्यमशील बनाउन १५ दिने 'छ्वाली आर्ट' तालिम

नेपालगञ्ज । बहिरा युवालाई उद्यमशील बनाउन १५ दिने छ्वाली आर्ट (हस्तकला) तालिम दिन सुरु गरिएको छ । बाँके र बर्दियाका बहिरा युवा सहभागी तालिम कृषि व्यवसाय प्रबद्र्धन तथा तालिम केन्द्र खजुरा बाँकेमा सुरु भएको भएको हो ।  तालिमको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले उद्घाटन गरे । राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) संगको सहकार्यमा तालिम सुरु भएको हो । 

गहुँबाली भित्र्याएपछि गाईबस्तुका लागि जोहो गरी राखिने छ्वालीबाट बनाइने कलाकृतिलाई छ्वाली आर्ट (हस्तकला) भनिन्छ । तालिम उद्घाटन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष विकले बहिरा युवाहरुले तालिम सिकेर भोलिका दिनमा उत्पादन गर्ने छ्वाली आर्ट (हस्तकला) का सामग्री प्रयोग गर्ने प्रतिबद्धता जनाए । उनले सीप सिकेर आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले जीवनोपयोगी सीपमूलक तालिमले फरक र विशेष क्षमता भएकाहरुको आत्मनिर्भरतामा टेवा पुग्ने विश्वास ब्यक्त गरे । गिरीले उत्पादित सामग्रीको बजारीकरणमा मिडियाको साथ रहने बताए । 

May be an image of one or more people, people studying and text that says 'INDENS T जहिरा मरिकको अधिकार समावेशी दिगो पर्ंटन विकासको आघार पाहिरा युवाहरुका लागी छयवाली आर्ट) हस्तकला तालिम निति 20C2 கාஙக र्खात जतेઢे द્ેસ २०८२ मसिर (व्साय पटटुंत सहयोग तथा तालिम केब्द्ूर सजरा बाके सम्म I'

राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले कृषिमा खेर गइरहेका बस्तुहरुको सदुपयोग गरेर सीप प्रबद्र्धन गर्दै बहिरा युवाहरुको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले तालिम आयोजना गरिएको  बताए । उनले छ्वाली आर्टको विदेशमा उच्च माग रहेको समेत बताए । केसीले बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटन प्रबद्धनार्थ प्रचारप्रसार गर्ने उद्देश्य पनि रहेको बताए । आगामी दिनमा सातै प्रदेशमा यस प्रकारको तालिम सञ्चालन गर्ने लक्ष्य रहेको केसीको भनाई छ । अध्यक्ष केसीले महासंघले काठमाडौंमा ट्रेकिङ गाइड र बरिस्ठा (कफी बनाउने) तालिम भइरहेको पनि जानकारी दिए । 

कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर रोका क्षेत्री, कृषि व्यवसाय प्रबद्र्धन तथा तालिम केन्द्र खजुरा बाँकेका प्रमुख श्रीधर ज्ञवालीले पनि तालिम सफलताको शुभकामना ब्यक्त गरे । तालिमका प्रमुख प्रशिक्षक गगनतारा हस्तकलाका प्रमुख सिताराम गोसाइँले तालिमका बारेमा जानकारी दिएका थिए । त्यसक्रममा दोभाषेद्वय प्रकाश महर्जन र विश्वास अधिकारीले सहजीकरण गरेका थिए । 

May be an image of one or more people and table


प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  २०:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP