नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँके-बर्दियाका बहिरा युवालाई १५ दिने छ्वाली आर्ट तालिम प्रदान
बाँके-बर्दियाका बहिरा युवालाई १५ दिने छ्वाली आर्ट तालिम प्रदान
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर १२, २०८२ बागेश्वरी पोस्ट
बाँके-बर्दियाका बहिरा युवालाई १५ दिने छ्वाली आर्ट तालिम प्रदान

नेपालगञ्ज । बाँके-बर्दियाका बहिरा युवालाई आत्मनिर्भर र उद्यमशील बनाउन १५ दिने छ्वाली आर्ट (हस्तकला) तालिम प्रदान गरिएको छ । १० जना बहिरा युवा सहभागी तालिम कृषि व्यवसाय प्रबद्र्धन तथा तालिम केन्द्र खजुरा बाँकेमा आयोजना गरिएको थियो । राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) संगको सहकार्यमा तालिम गरिएको हो ।

गहुँबाली भित्र्याएपछि गाईबस्तुका लागि जोहो गरी राखिने छ्वालीबाट बनाइने कलाकृतिलाई छ्वाली आर्ट (हस्तकला) भनिन्छ । तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृषि व्यवसाय प्रबद्र्धन तथा तालिम केन्द्रका प्रमुख श्रीधर ज्ञवालीले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । ज्ञवालीले यो तालिमले बहिरा युवाको आयआर्जन र आत्मनिर्भरतामा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले जीवनोपयोगी सीपमूलक तालिमले फरक र विशेष क्षमता भएकाहरुको आत्मनिर्भरतामा टेवा पुग्ने विश्वास ब्यक्त गरे । गिरीले उत्पादित सामग्रीको बजारीकरणमा मिडियाको साथ रहने बताए । राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले कृषिमा खेर गइरहेका बस्तुहरुको सदुपयोग गरेर सीप प्रबद्र्धन गर्दै बहिरा युवाहरुको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले तालिम आयोजना गरिएको  बताए । उनले छ्वाली आर्टको विदेशमा उच्च माग रहेको समेत बताए । केसीले बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटन प्रबद्धनार्थ प्रचारप्रसार गर्ने उद्देश्य पनि रहेको बताए । आगामी दिनमा सातै प्रदेशमा यस प्रकारको तालिम सञ्चालन गर्ने लक्ष्य रहेको केसीको भनाई छ । अध्यक्ष केसीले महासंघले काठमाडौंमा ट्रेकिङ गाइड र बरिस्ठा (कफी बनाउने) तालिम भइरहेको पनि जानकारी दिए । 

तालिमका सहभागीलाई प्रमुख अतिथि ज्ञवाली, महासंघ बाँके अध्यक्ष गिरी र राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केसीले प्रमाणपत्र प्रदान गरेका थिए । प्रमुख प्रशिक्षक गगनतारा हस्तकलाका प्रमुख सिताराम गोसाइँ र सहायक प्रशिक्षक विष्णुकेशरी देशमरुले तालिम प्रदान गरेका थिए । त्यसक्रममा दोभाषेद्वय प्रकाश महर्जन र विश्वास अधिकारीले सहजीकरण गरेका थिए । तालिमका प्रशिक्षार्थीद्वय रमेश खड्का र अञ्जली चौधरीले तालिम निकै उपयोगी भएको बताए । 

May be an image of one or more people and text


प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP