नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नुपर्छ: राठौर
केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नुपर्छ: राठौर
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर २०, २०८२ बागेश्वरी पोस्ट
केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नुपर्छ: राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

काँग्रेस बाँकेको क्षेत्र नम्बर ३ कार्यसमितिले खजुरा बजारमा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै सहमहामन्त्री राठौरले लोकतन्त्रको प्रवद्र्धन र नेतृत्व विकास दुवैका दृष्टिले एउटै व्यक्ति पटक–पटक एकै क्षेत्रबाट चुनाव लड्नु उपयुक्त नहुने धारणा राखे । सहमहामन्त्री राठौरले निर्वाचन घोषणा भएको तीन महिना भइसक्दा पनि सरकारले गर्नुपर्ने शान्ति सुरक्षा लगायत आवश्यक व्यवस्थाको अभावले निर्वाचन सुनिश्चित हुन नसकेको बताए ।

घोषित मितिमा निर्वाचन गर्नुको विकल्प नदेखिएको अवस्थामा सरकार, सुरक्षा अंग र सम्वद्ध निकायले तत्काल आवश्यक पहलकदमी लिनुपर्नेमा उनले जोड दिए । सहमहामन्त्री राठौरले नेपाली काँग्रेस मुलुकको एउटा मात्र लोकतान्त्रिक पार्टी भएकाले देश, जनता र व्यवस्थाले जित्ने अवस्था निर्माण गर्नु काँग्रेसका लागि सधैँ प्रतिष्ठाको विषय रहेको बताए ।

उनले काँग्रेस कमजोर हुँदा लोकतन्त्र मात्र नभई मुलुक नै कमजोर हुने ऐतिहासिक तथ्यलाई मनन् गर्दै आगामी फाल्गुण २१ मा हुने निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्ण काँग्रेसजन गम्भीर हुनुपर्ने बताए । उनले महाधिवेशन पार्टीको आन्तरिक विषय भएकाले महाधिवेशनले पार्टीलाई कमजोर बनाउने अवस्था नआओस्, थप बलियो बनाएर अघि बढाउन मद्दत गरोस् भन्नेमा सबैको चाहना, कामना र भूमिका हुनुपर्ने बताए ।


प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP