नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, माघ २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेमा क्षेत्रीय कार्यसमितिबाट जिल्लामा कांग्रेस उम्मेदवार सिफारिस
बाँकेमा क्षेत्रीय कार्यसमितिबाट जिल्लामा कांग्रेस उम्मेदवार सिफारिस
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २४, २०८२ बागेश्वरी पोस्ट
बाँकेमा क्षेत्रीय कार्यसमितिबाट जिल्लामा कांग्रेस उम्मेदवार सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसका विभिन्न जिल्लामा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नाम सिफारिस गर्ने प्रक्रिया तीव्र बनेको छ । बाँके क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ ले आफ्ना–आफ्ना क्षेत्रमा प्रतिष्पर्धाका लागि आकांक्षी नेताको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेका छन् ।

बाँके क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरिएको छ । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले प्रतिनिधि सभा सदस्यका लागि ६ जना नेताको नाम सिफारिस गरी जिल्ला समितिमा पठाएको छ । जिल्ला सभापति नारायण प्रसाद गौडेल, उपसभापति कृष्ण कार्की, क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान सभापति माधव राम खत्री, कांग्रेस लुम्बिनी प्रदेश सल्लाहकार हुर्मत न्यौपाने र नेतृ मिना सिग्देलको नाम सिफारिस भएको छ ।

बाँके क्षेत्र नम्बर २ बाट पनि ६ जनाको नाम सिफारिस गरेर जिल्ला कार्यसमितिमा पठाइएको बताइएको छ । पूर्व जिल्ला सभापति तथा पूर्व मन्त्री गजेन्द्र हमाल, अघिल्लो निर्वाचनका उम्मेदवार सुदिप नरसिंह राना, निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य मो. याकुव अन्सारी, जिल्ला सचिव सुधांशु कोइराला, क्षेत्रीय सभापति रमेश गुप्ता र नेतृ लिलावती यादवको नाम पठाइएको छ ।

क्षेत्र नम्बर ३ बाट ८ जनाको नाम सिफारिस गरिएको छ । सहमहामन्त्रीदेखि महाधिवेशन प्रतिनिधिसम्मको सूची रहेको छ । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभा सदस्य जितेका सहमहामन्त्री किशोरसिंह राठौर, निवर्तमान प्रतिनिधि सभा सदस्य आशा विक, महासमिति सदस्यहरु लक्ष्मी नारायण शाह, मेघराज वली, टेकबहादुर खड्का, देवराज खत्री, महाधिवेशन प्रतिनिधि कृष्ण विक रसाइली र पूर्व क्षेत्रीय सभापति महेन्द्र मल्ल ठकुरीको नाम सिफारिस गरिएको छ । यस्तै प्रतिनिधिसभातर्फ समानुपातिक र राष्ट्रिय सभा सदस्यका लागि पनि विभिन्न नेताहरुको नाम सिफारिस गरिएको छ । 

अब जिल्ला कार्यसमितिले प्रदेशमा आकांक्षी उम्मेदवारहरुको नाम पठाउने जिल्ला सचिव कोइरालाले बताए । क्षेत्र नम्बर ३ ले भने जिल्लामा सिफारिस पठाइसकेको छैन । 

 


प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेसले कुनै पनि धर्म, समुदायमाथि विभेद गर्दैनः कोइराला 
कांग्रेसले कुनै पनि धर्म, समुदायमाथि विभेद गर्दैनः कोइराला 
'कांग्रेस जेन-जीको भावनालाई सम्बोधन गरेर देश निर्माणमा लगाउन चाहन्छ' : अमर सिंह पुन
'कांग्रेस जेन-जीको भावनालाई सम्बोधन गरेर देश निर्माणमा लगाउन चाहन्छ' : अमर सिंह पुन
महिलाहरूले निर्वाचनलाई अधिकार प्राप्तिको अवसर बनाउनुपर्दछः इश्तियाक राई
महिलाहरूले निर्वाचनलाई अधिकार प्राप्तिको अवसर बनाउनुपर्दछः इश्तियाक राई
राप्तीसोनारी पर्यापर्यटन र धार्मिक पर्यटनको सम्भावनायुक्त क्षेत्र होः गौडेल
राप्तीसोनारी पर्यापर्यटन र धार्मिक पर्यटनको सम्भावनायुक्त क्षेत्र होः गौडेल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP