नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बास नेपालले मनायो रजत बर्ष, विभिन्न ब्यक्तिहरु सम्मानित
बास नेपालले मनायो रजत बर्ष, विभिन्न ब्यक्तिहरु सम्मानित
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २४, २०८२ बागेश्वरी पोस्ट
बास नेपालले मनायो रजत बर्ष, विभिन्न ब्यक्तिहरु सम्मानित

नेपालगञ्ज । भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालले रजत बर्ष भब्यताका साथ सम्पन्न गरेको छ । २५औं बार्षिकोत्सव समारोह कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा नेपालगञ्जमा विविध कार्यक्रम गरी सम्पन्न भएको हो । संस्थाका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री भण्डारीले भ्रष्टाचार बिरुद्धको अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए । असल शासनको यात्रामा समुदायदेखि जिल्लासम्म लामो समय काम गरिसकेका मन्त्री भण्डारीले हरेक नागरिकले सुशासन प्रबद्र्धनलाई सामाजिक उत्तरदायित्वको रुपमा लिनुपर्नेमा जोड दिए । उनले बास नेपालले देशब्यापी रुपमा सञ्चालन गरिरहेको भ्रष्टाचार बिरुद्धको अभियानले युवाहरुमा जागरण ल्याएको बताए । उनले सुशासन प्रबद्र्धनमा आफ्नो तर्फबाट प्रतिबद्धता समेत जनाए । 

बास नेपालका सल्लाहकार तथा कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले ७ प्रदेश र ७७ वटै जिल्लामा फैलिएको बासलाई स्थानीय सरकारको समर्थन रहेको बताए । सुशासन बहालीमा युवा परिचालन गरिरहेको बासले सरकार र समुदायलाई नैतिक बन्न अभिप्रेरित गरिरहेको बताए । उनले बासको आगामी यात्रा थप बलियो हुँदै जाने विश्वास ब्यक्त गरे । बिशिष्ट अतिथि सूचनाको हकका अभियन्ता तारानाथ दाहालले बास नेपालको सुशासन अभियान उत्कृष्ट अभियान रहेको बताए । उनले राज्य विचलित भएको अवस्थामा बास जस्ता संस्थाहरुले सही मार्गमा ल्याउन पैरबीको कार्य गर्ने गरेको बताए । संस्थालाई हरेक समय तयार अवस्थामा रहिरहन सबैले सहयोग र समर्थन गर्नुपर्नेमा उनको जोड थियो । 

यसैगरी कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि भ्रष्टाचार बिरुद्धका अभियन्ता केदार खड्काले २५ बर्ष पूरा गरेको बास नेपालले राष्ट्रिय परिचय हासिल गरेको बताए । बास नेपालले युवाहरुलाई उर्जा भरेको बताउदै उनले भने-'जहाँ-जहाँ भ्रष्टाचार मौलाउँछ, त्यहाँ बास नेपाल पुग्छ ।' उनले बासको आगामी यात्राको सफलताको शुभकामना ब्यक्त गरे । बासका केन्द्रीय महासचिब कल्पना अधिकारीले सञ्चालन गरेको रजत समारोहमा भ्रष्टाचार बिरुद्धको नागरिक सम्मान, बासका उत्कृष्ट शाखा र कर्मचारीको घोषणा, कर्मचारीलाई विधा अवार्ड, उत्कृष्ट स्वयंसेवक, सामाजिक उत्तरदायित्व वहन गर्ने ब्यक्ति लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि, बासका केन्द्रीय अध्यक्ष लगायतले सम्मान गरेका थिए । कार्यक्रममा बास नेपालका कर्मचारी मिना घर्ती मगर, शोभा चौधरी, सबिना रोका मगर र कृष्णा बिकले नृत्य प्रस्तुत गरेका थिए । 

May be an image of one or more people, dais and text

बार्षिकोत्सबको अवसरमा विभिन्न सम्मान प्रदान 

बास नेपालको रजत समारोहमा विभिन्न सम्मानहरु प्रदान गरिएको छ । भ्रष्टाचार बिरुद्धको नागरिक सम्मान सूचनाको हकका अभियन्ता तारानाथ दाहाललाई प्रदान गरिएको छ । भ्रष्टाचार बिरुद्धको दिवस तथा बास नेपालको रजत समारोहको अवसरमा नेपालगञ्जमा आयोजित रजत बर्ष बिशेष कार्यक्रममा दाहाललाई भ्रष्टाचार बिरुद्ध नागरिक सम्मान २०८२ प्रदान गरिएको हो । सूचनाको हक प्रबद्र्धन, प्रचलनका माध्यमबाट भ्रष्टाचार बिरुद्ध पुर्याएको नेतृत्वदायी योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । सम्मान कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री भण्डारी, बिशिष्ट अतिथि पूर्व प्रमुख सूचना आयुक्त बास्कोटा, भ्रष्टाचार बिरुद्धका अभियन्ता खड्का र बास नेपालका केन्द्रीय अध्यक्ष वर्माले दोसल्ला र सम्मान पत्रसहित सम्मान गरेका थिए । 

May be an image of dais and text

विभिन्न ब्यक्तिहरुलाई सामाजिक उत्तरदायित्व सम्मान 

रजत समारोहको अवसरमा शिक्षा क्षेत्रबाट ब्राइटल्याण्ड स्कुल नेपालगञ्जका संस्थापक बिजय लामा, स्वास्थ्य क्षेत्रबाट बरिष्ठ चिकित्सक डा. एम किदवाई, साहित्य क्षेत्रबाट बरिष्ठ साहित्यकार सनत रेग्मी, पत्रकारिता क्षेत्रबाट बरिष्ठ पत्रकार झलक गैरे, महिला बालबालिका मधेशी मुस्लिम समुदायको उत्थानका काम गरे बापत फातिमा फाउण्डेसनका अध्यक्ष मैमुना सिद्धिकी, गीत, संगीत र कला क्षेत्रबाट बरिष्ठ कलाकार कमल बिके निर्मोही, इनोभेशन सम्मान नेपालगञ्ज ग्यालरीका सञ्चालक समिरमान श्रेष्ठ, ट्रफिक स्वयंसेवाको माध्यमबाट दूर्घटना न्यूनीकरणमा कार्य गरे बापत पोखराका शिव वास्ताकोटी, बाग्मती सरसफाई अभियानका अभियन्ता चक्र बहादुर चन्द, वातावरणीय स्वच्छता, जलवायु न्याय र सरसफाई क्षेत्रबाट क्लिन अप नेपाल काठमाण्डौका कार्यकारी निर्देशक रबिन्द्र लामिछाने, नेपालगञ्जमा बिषदी बिर्सजनमा भूमिका निर्वाह गरेका तेज बिक्रम शाहलाई सम्मान गरिएको थियो । यसैगरी आम पाठकका लागि प्रेरणाको श्रोत, युवाका लागि मार्गनिर्देशक, पेशा बिदहरुका लागि स्वउत्प्रेरणा प्रदान गर्ने राष्टिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त बास्कोटाद्वारा लिखित पुस्तक 'खुसीको गारेटो' लाई समेत सम्मान गरिएको छ ।

 

 उत्कृष्ट कर्मचारी तथा कर्मचारी विधा, शाखा र स्वयंसेवक सम्मान 

बास रजत समारोहमा बास नेपाल केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुलाई सम्मान गरिएको छ । यस्तै बास नेपालका प्रशासकीय अधिकृत शुद्ध प्रसाद चौधरी र प्रशासन सहायक मिना घर्ती मगरलाई उत्कृष्ट बर्ष कर्मचारी घोषणा गरी सम्मान गरिएको छ । यसैगरी उत्कृष्ट शाखाको रुपमा नगद रु. १० हजारसहित दैलेख शाखा सम्मानित भएको छ । यसैगरी क्रमशः द्वितीय, तृतीय र सान्त्वना बाँके, बर्दिया र दार्चुला शाखा सम्मानित भएका छन् । सम्मानित हुने शाखाहरुले क्रमशः ७ हजार ५ हजार र ३ हजार नगद र सम्मानपत्र प्राप्त गरेका छन् । बास नेपाल केन्द्रीय कार्यालय अन्तरगत स्वयंसेवकहरु मध्ये पुरुषतर्फ चन्द्र प्रसाद जैसी र महिलातर्फ संगिता बिक उत्कृष्ट स्वयंसेवक २०८२ घोषणा भई सम्मानित भएका छन् । 
यसैगरी आज नै इनोभेटिम राष्ट्रिय युवा स्वयंसेवक पुरस्कार बर्दियाका एक नारायण अधिकारीले हासिल गरेका छन् । विभिन्न चरण पार गरी जम्मा १० जना प्रतिष्पर्धीहरु मध्ये अधिकारी उत्कृष्ट पहिलो स्थान हात पार्न सफल भएका हुन् । पुरस्कार प्राप्त गरेसँगै अधिकारीले ट्रफी, दोसल्लासहित नगद ५० हजार प्राप्त गरेका छन् । 


प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  २१:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP