नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, मंसिर २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर २५, २०८२ बागेश्वरी पोस्ट
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका उम्मेदवारहरुको नामावली लुम्बिनी प्रदेश कार्यसमितिलाई पठाएको छ । कांग्रेस बाँकेले क्षेत्रबाट सिफारिस भएर आएका तथा विविध कारणले क्षेत्रबाट छुट्न गई जिल्ला कार्यसमितिमा निवेदन परेका योग्यता पुगेका ब्यक्तिहरुको नामावली प्रदेशमा पठाएको प्रबक्ता डिल्ली गिरीले बताए । प्रबक्ता गिरीका अनुसार क्षेत्र नम्बर ३ बाट कुनै पनि सिफारिस जिल्लामा प्राप्त भएको छैन । तर, जिल्लामा निवेदन दिएका महासमिति सदस्य लक्ष्मी नारायण शाहको नाम भने जिल्लाले प्रदेशमा सिफारिस गरेको छ । यस्तै राष्ट्रिय सभा सदस्यका लागि जिल्लामा निवेदन पठाएका पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठको नाम पनि प्रदेशमा सिफारिस भएको छ ।

कार्यालय सचिव अमित कँडेलका अनुसार प्रतितिनिधि सभामा प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ बाट जिल्ला सभापति नारायण प्रसाद गौडेल, उपसभापति कृष्ण बहादुर कार्की, सल्लाहकार हुर्मत न्यौपाने, पूर्व सांसद ज्ञानु केसी, निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, लुम्बिनी प्रदेश सदस्य राम बहादुर मल्ल, महासमिति सदस्य चुँडामणि कँडेल, क्षेत्रीय सभापति पोषणराज केसी, मिना ढुंगाना सिग्देल र रामकुमार राढ गरी १० जनाको नाम प्रदेशमा सिफारिस गरिएको छ । यस्तै समानुपातिकतर्फ अञ्जना पाण्डे, द्रौपति बस्नेत, केश कुमारी भण्डारी वली, कृष्ण बहादुर पुन मगर, जागेश्वर प्रसाद चौधरी, गुलाम मोहम्मद मिर्जा र दिप नारायण बर्मा गरी ७ जनाको नाम प्रदेशमा पठाइएको छ ।

क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ पूर्व मन्त्री एवम् महासमिति सदस्य गजेन्द्र बहादुर हमाल, जिल्ला सचिव सुधांशु कोइराला, क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, महाधिवेशन प्रतिनिधि सुदिप नरसिंह राणा, मो. याकुब अन्सारी र लिलावती यादव गरी ६ जनाको नाम सिफारिस गरिएको कार्यालय सचिव कँडेलले जानकारी दिए । यसैगरी समानुपातिकतर्फ केन्द्रिसय सदस्य मैकुलाल बाल्मिकी, महासमिति सदस्यहरु निजामुद्दिन अन्सारी, भारती जोशी, उमा थापा तथा हेमन्त कर्माचार्य, रविन्द्रमान श्रेष्ठ, कमला भट्ट, जिल्ला सदस्यहरु अनिल कुमार श्रेष्ठ र प्रमोद कुमार श्रेष्ठ, सावरा बेगम मनिहार, उमा ग्राण्डन, राज कुमार बैश्य, लोकनाथ काफ्ले, त्रिलोकी गिरी, डम्बर बहादुर गोल्डस्मिथ र रत्ना राणा गरी १७ जना सिफारिस भएका छन् ।

क्षेत्र नम्बर १ बाट राष्ट्रिय सभा सदस्यतर्फ बलराम शर्मा, लुट बहादुर खत्री र रामचन्द्र मौर्य सिफारिसमा परेका छन् । क्षेत्र नम्बर २ बाट महासमिति सदस्य निरन्जन सिंह सिजापति, जिल्ला सदस्यहरु अमृत कुमार आचार्य, पुष्पा शुक्ला, मेराज अहमद हलवाई, सितादेवी काफ्ले, नारायणी रुपाखेती, बन्दना सिंह, ध्रुब प्रसाद दाहाल र बालकृष्ण सुवेदीलाई प्रदेशमा सिफारिस गरिएको कँडेलले बताए । 

जिल्ला कार्यसमितिमा नाम नपठाए पनि प्रतिनिधि सभा क्षेत्र नम्बर ३ कार्यसमितिले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ पार्टीका केन्द्रिय सहमहामन्त्री किशोर सिंह राठौर, निवर्तमान सांसद आशा बिक, मेघराज ओली, महेन्द्र मल्ल ठकुरी, टेक बहादुर खड्का, लक्ष्मी नारायण शाह, देब बहादुर खत्री र कृष्ण बिक रसाइलीको नाम टुंगो लगाएको छ । 

समानुपातिकतर्फ दुखीराम लोहनी, सकिल खाँ, झुपकली मगर, उमा कुमारी थापा, भावना चौधरी, अमृता नेपाल, रमेश सिंजाली, कमला हमाल, पुष्पा सुनार, गगन विक, कपिलदेव शर्मा, दयाराम यादव, भिमबहादुर विकको नाम सिफारिस गरिएको छ । उक्त क्षेत्रबाट राष्ट्रिय सभा सदस्यका लागि जगदम्बा पाठक, हरिभक्त उप्रेती, केशबहादुर शाह, हरि प्रसाद ढुंगाना र शेर बहादुर गुरूङ सिफारिसमा परेको बताइएको छ । 

फागुन २१ गते हुने प्रतिनिधि सभा तथा माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार सिफरिस गरिएको हो । केन्द्रले हरेक क्षेत्रबाट एक जना महिलासहित बढीमा तीन जनाको नाम सिफारिस गर्न पुनः ध्यानाकर्षण गराए पनि त्यसको पालना गरिएको छैन । उम्मेदवार सिफारिस गर्न जिल्ला कार्यसमितिको बैठक बुधबार पार्टी कार्यालयमा बसेको थियो । 


प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  २१:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
बाँकेमा क्षेत्रीय कार्यसमितिबाट जिल्लामा कांग्रेस उम्मेदवार सिफारिस
बाँकेमा क्षेत्रीय कार्यसमितिबाट जिल्लामा कांग्रेस उम्मेदवार सिफारिस
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP