नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस ८, २०८२ बागेश्वरी पोस्ट
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन

नेपालगञ्ज । नेपाली काँग्रेस बाँकेको निर्माण सम्पन्न तीन तले ‘सुशील कोराला स्मृति भवन’ को पार्टीका सह-महामन्त्री किशोर सिंह राठौरले आज एक समारोहका बीच उद्घाटन गरेका छन् । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र महामन्त्री गगन कुमार थापाले संयुक्तरुपमा भवन उद्घाटन गर्ने पूर्व निर्धारित कार्यक्रम प्रतिकूल मौसमका कारण हुन नसकेपछि नेपालगञ्जमै रहेका सह-महामन्त्री राठौरले भवनको उद्घाटन गरेका हुन् । 

आज नेपाली काँग्रेसका सन्त नेता कृष्ण प्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसर पारेर भवनको उद्घाटन गरिएको हो । नेपाली कांग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री एवम् संविधान पिता सुशील कोइरालाको स्मृतिमा भवन निर्माण गरी उनकै नाममा भवनको नामाकरण गरिएको छ । भवनको एउटा कोठालाई ‘सुशील कोइराला शयन कक्ष’ नाम दिइएको छ । स्वर्गीय कोइरालाले नेपालगञ्जमा पार्टीको भवन निर्माण भयो भने त्यहीँ बसेर काम गर्ने इच्छा जाहेर गरेकाले उनको भावनाको उच्च सम्मान गर्दै कोइरालाकै नाममा शयन कक्ष निर्माण गरिएको छ ।

भवन निर्माण समितिका संयोजक एवम् पार्टी जिल्ला उपसभापति गोपाल प्रसाद अधिकारीका अनुसार भवन निर्माणका लागि हालसम्म रु. १ करोड २० लाख ८३ हजार बढी रकम खर्च भएको छ भने भवन निर्माणका लागि विभिन्न क्षेत्र तथा व्यक्तिहरुवाट अहिलेसम्म नगद तथा भौतिक तथा जिन्सी सामग्री गरी रु. १ करोड २५ लाख ७० हजार बढी रकम सहयोग प्राप्त भएको छ । जेष्ठ नागरिक तथा अपाङ्गमैत्री उक्त भवनमा लिप्टको समेत व्यवस्था गरिएको संयोजक अधिकारीले जानकारी दिए ।

May be an image of one or more people, people studying and crowd

भवन उद्घाटन समारोहका प्रमुख अतिथि सह-महामन्त्री राठौरले नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्ताहरु पार्टीप्रति मर्यादित, अनुशासित तथा एक ढिक्का भएमा कसैले पनि कांग्रेसलाई पराजित गर्न नसक्ने दावी गरे । उनले भने-‘याद राख्नुस् कार्यकर्ता फुटे भने पार्टी कमजोर हुन्छ र पार्टी कमजोर भयो भने नेपालबाट लोकतन्त्र समाप्त हुन्छ, तसर्थ कार्यकर्ताहरु फुटेर हैन जुटेर लोकतन्त्रको रक्षाका लागि लड्न तयार रहनुपर्छ ।’ कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आगामी महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा नै गरे । बाँके जिल्लासँग लामो समयदेखि आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै उनले नेपालगञ्जबाट उपसभापति पदमा लड्ने घोषणा गरेका बताए । उनले भने-‘कुन समूहबाट लड्छु त्यो समयले तय गर्छ ।’

अध्यक्षताको आसनबाट बोल्दै नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले आफ्नो कार्यकालमा गरिएको बाचा र प्रतिबद्धता बमोजिम भवन निर्माण गरिएको स्मरण गराए । उनले छिट्टै भवनको प्रागंणमा सुशील कोइरालाको अर्धकदको शालिक निर्माण गरिने समेत बताए । त्यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतम, गोपाल दहित र मान बहादुर नेपाली लगायतले बोलेका थिए । नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले संचालन गरेको कार्यक्रममा उपसभापति एवम् भवन निर्माण समितिका संयोजक गौतमले निर्माण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्याउने संस्था तथा व्यक्तिहरु तथा लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण एवम् जनपक्षीय पत्रकारितामा महत्वपूर्ण योगदान पुर्याउने पाँच जना पत्रकार कमल खत्री, बैकुण्ठ अधिकारी, निशा शाह, रविन्द्र घिमिरे र अभिशेष गुप्तालाई प्रमाण-पत्रसहित सम्मान गरिएको प्रबक्ता डिल्ली गिरीले जानकारी दिए । कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 

May be an image of one or more people and text


प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  २०:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
कांग्रेस केन्द्रीय सदस्य गिरीले गरे उपसभापति लड्ने घोषणा
कांग्रेस केन्द्रीय सदस्य गिरीले गरे उपसभापति लड्ने घोषणा
क्रान्तिकारी कम्युनिष्ट पार्टीले फागुन २१ गते हुने निर्वाचन बहिष्कार गर्ने
क्रान्तिकारी कम्युनिष्ट पार्टीले फागुन २१ गते हुने निर्वाचन बहिष्कार गर्ने
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP