नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ७ दशक लामो इतिहासमा मंगलबार नेपालको हवाई उडान आकाश पूर्णरूपमा खाली
७ दशक लामो इतिहासमा मंगलबार नेपालको हवाई उडान आकाश पूर्णरूपमा खाली
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत ११, २०७६ बागेश्वरी पोस्ट
७ दशक लामो इतिहासमा मंगलबार नेपालको हवाई उडान आकाश पूर्णरूपमा खाली

काठमाडौं । नेपालको हवाई उडान इतिहासमै पहिलोपटक मंगलबार आकाश पूर्णरूपमा खाली भएको छ । सरकारले अन्तर्राष्ट्रिय उडानको लागि आइतबार रातिदेखि प्रतिबन्ध लगाए पनि उल्लंघन गर्दै सोमबार पनि अन्तर्राष्ट्रिय उडान भरिएको थियो । 

जिरो प्यासेन्जर अनुमतिअन्तर्गत सोमबार उडान अनुमति दिएको थियो भने कार्गो र अन्य इमरजन्सी केसमा अनुमति दिइएको थियो । तर, सरकारले दिएको अनुमतिभन्दा बाहिर गएर विमान कम्पनीले प्यासेन्जर लिने लाने गरेका थिए । 

गत शनिबार प्रतिबन्धित देश अष्ट्रेलियनका १ नागरिकलाई सिल्क एयरले लिएको थियो भने खाली उडानको अनुमति लिएको इत्तिहाद विमानले सोमबार २ जना नेपाली लिएर आएको थियो । 

तर, मंगलबार भने पूर्णरूपमा बन्द भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी गराए। विशेष विमानको लागि वा कार्गोको लागि पनि विमानस्थल कार्यालय तथा प्राधिरकणबाट छुट्टै अनुमति लिनु पर्ने हुन्छ ।

'अहिले उडानको लागि छुट्टै प्रकियाबाट अनुमति लिनु पर्ने हुन्छ, अहिलेसम्म कसैले अनुमति लिएको छैन' क्षेत्रीले भने । आकाश पूर्णरूपमा खाली रहेको छ । 

स्वास्थ्य तथा विशेष सामग्री लिएर आउने भनेको चिनियाँ विमानले पनि अहिलेसम्म उडान अनुमति लिएको छैन । सोमबारसम्म कार्गो तथा इमर्जेन्सी उडानको लागि विशेष अनुमति व्यवस्था नगरिए पनि मंगलबारदेखि १८ चैतसम्म भने विशेष अनुमति लिनु पर्ने व्यवस्था गरेको छ । 

आन्तरिक उडानतर्फ पनि कुनै पनि विमानले अनुमति पाएका छैनन । सुरक्षा तथा स्वास्थ्यको र खाद्यन्न ओसार्नको लागि उडान अनुमति दिन सकिने भए पनि मंगलबार कसैले पनि अनुमति लिएका छैनन् । 

नेपालको अन्तर्राष्ट्रिय उडान सुरु भएको ६ दशक र आन्तरिक उडानको करिब ७ दशक लामो इतिहासमा अहिलेसम्म कहिले पनि यसरी पूर्णरूपमा आकाश बन्द गराइएका थिएन । देशमा भएको पटक-पटक राजनीतिक आन्दोलन तथा द्वन्द्वमा पनि नियमित उडान हुने गरेका थिए । विश्‍वभर फैलिएको कोराना भाइरसको संक्रमण फैलन नदिनको लागि नेपाल र अन्य राष्ट्रहरूमा पनि कडा कदम चालिएको छ । 

नेपाली आकाशबाट अधिकतम दैनिक रूपमा १२० अन्तर्राष्ट्रि मुभमेन्ट (एक राउन्ड) हुने गरेको थियो । अर्थात १२० पटक नेपालमा आउने र १२० पटक नेपालबाट उडान हुने गरेको थियो ।

त्यस्तै, आन्तरिक उडानमा अधिकतम ३०० मुभमेन्ट हुने गरेको थियो । तर, कोरोना भाइरसको आन्तरिक ट्राफिक ३० प्रतिशतसम्म र अन्तर्राष्ट्रिय ट्राफिक १० सम्ममा झरेको थियो । तर, सरकारले लामो दूरीको सवारी साधनमा रोक लगाउने निर्णय गरेपछि आन्तरिक उडान भरि भएका थिए । 


प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १४:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्दछ'
'निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्दछ'
नेपालगन्जमा निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया
नेपालगन्जमा निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया
नेपालगन्जमा पाँच दिने बाणिज्य कानुन विशिष्टिकृत तालिम सुरु
नेपालगन्जमा पाँच दिने बाणिज्य कानुन विशिष्टिकृत तालिम सुरु
‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’- शुधान्सु कोइराला
‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’- शुधान्सु कोइराला
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP