नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कतारबाट फर्किएका ३ युवालाई ज्वरो आएपछि नारायणी अस्पतालमा भर्ना
कतारबाट फर्किएका ३ युवालाई ज्वरो आएपछि नारायणी अस्पतालमा भर्ना
बागेश्वरी पोस्ट
मंगलबार, चैत ११, २०७६ बागेश्वरी पोस्ट
कतारबाट फर्किएका ३ युवालाई ज्वरो आएपछि नारायणी अस्पतालमा भर्ना

वीरगञ्ज । तीन जना युवकमा ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको छ।कतार एयरवेजबाट काठमाडौं फर्केकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि त्यसको त्रास अन्यत्र फैलिरहेको छ ।

पर्सामा कतारबाटै फर्केका तीन जना युवकमा ज्वरो आएपछि अस्पतालमा पुगेका छन् । कतारबाट सखुवाप्रसौनी गाउँपालिका वडा न ४ देउरवानाका तीन जना नारायणी अस्पतालमा पुगेका हुन् ।गत चैत ४ र ५ गते कतारबाट घर फर्किएका ४५ बर्षका, ३२ बर्षका र २२ बर्षका पुरुषमा ज्वरो देखिएको हो ।

लक डाउनको दिन मंगलबार मोटरसाइकलमा अस्पताल आउन लागेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र वडा कार्यालयले एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा पठाएको छ । उनीहरुलाई भेट्न बाराबाट आएका ज्वाईलाई पनि अस्पताल पठाइएको वडा अध्यक्ष जुमान मियाले जानकारी दिए ।

‘स्वास्थ्य चौकीमा चेकजाँच गर्दा कतारबाट आएका तीन जनामा ज्वरो देखियो, उनीहरु चैत ४ गते र ५ गते कतारबाट फर्केका रहेछन्’ उनले भने ‘इलाका प्रहरी कार्यालयसँग समन्वय गरेर उनीहरुलाई नारायणी अस्पताल पठाएका छौं ।’

कोरोना भाइरस संक्रमणको आशंकामा गाउँबासी आतंकित रहेको उनले बताए । कतारबाट फर्केर नारायणी अस्पतालमा आएकाहरुमा सामान्य ज्वरो देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।

‘उहाँहरुमा सामान्य ज्वरो छ, कोरोनासँग सम्बन्धित अन्य लक्षणहरु देखिएको छैन’ उनले भने ‘उहाँहरुको यात्राको वृृत्तान्त (ट्राभल हिस्ट्री)नबुझी के गर्ने भन्ने निर्णय गर्न गाह्रो छ ।’


प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १७:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरियनपुरमा भीषण आगलागी, करोडौंको क्षति
कोरियनपुरमा भीषण आगलागी, करोडौंको क्षति
सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशीको मृत्यु
सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशीको मृत्यु
बाघढड्डीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना गम्भीर घाइते
बाघढड्डीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना गम्भीर घाइते
राप्तीसोनारीमा दुई कार ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते
राप्तीसोनारीमा दुई कार ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP