नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रतिनिधिसभा निर्वाचन सफल पार्न प्रदेश सरकारले आवश्यक सहकार्य गरिरहेको छः मन्त्री अग्रवाल
प्रतिनिधिसभा निर्वाचन सफल पार्न प्रदेश सरकारले आवश्यक सहकार्य गरिरहेको छः मन्त्री अग्रवाल
RSG-2
सुरक्षाखबरको प्रथम बार्षिकोत्सवमा सुरक्षा निकायका अधिकारीदेखि जवानसम्म सम्मानित
बागेश्वरी पोस्ट
आइतबार, पुस २७, २०८२ बागेश्वरी पोस्ट
प्रतिनिधिसभा निर्वाचन सफल पार्न प्रदेश सरकारले आवश्यक सहकार्य गरिरहेको छः मन्त्री अग्रवाल

नेपालगञ्ज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री आदेश कुमार अग्रवालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल पार्न प्रदेश सरकारले आवश्यक सहकार्य गर्ने बताएका छन् । सुरक्षाखबर डटकम अनलाइनको प्रथम बार्षिक उत्सब समारोहको आज नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री अग्रवालले निर्वाचन सफल पार्न प्रदेश सरकार सङ्घीय सरकार, निर्वाचन आयोग लगायत सम्वद्ध निकायसँग आवश्यक समन्वय र सहकार्यका लागि तयार रहेको प्रतिवद्धता ब्यक्त गरे । 

मन्त्री अग्रवालले सञ्चार माध्यमले सही सूचना सम्प्रेषण गर्नु उसको दायित्व भएको उल्लेख गर्दै मर्यादित पत्रकारिताको लागि आफूले अपेक्षा गरेको बताए । उनले सीमा क्षेत्रमा तस्करी हुने गरेको आम उद्योगी ब्यवसायीको बारम्बार गुनासो आउने गरेको भन्दै सुरक्षा निकायलाई नियन्त्रणका लागि ध्यान दिन निर्देशन दिए  । उनले प्रदेश सरकारले सुरक्षा निकायलाई बार्षिक बजेटमार्फत सहयोग गरिरहेको भए पनि स्थानीय सुरक्षा अधिकारीहरुले प्रदेश सरकारका मन्त्रीलाई सम्मान दिन नसकेको टिप्पणी समेत गरे ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसी, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षहरु रुद्र सुवेदी, निरज गौतमले सुरक्षा निकाय र पत्रकारबीच निरन्तर समन्वय र सहकार्यमा जोड दिएका थिए । 

सो अवसरमा अपराध अनुसन्धान र मानबीय उद्धारको कार्यमा महत्वपूर्ण योगदान दिने नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीका बिभिन्न दर्जाको ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डे, सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश कुमार खड्का, सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र बहादुर शाही, सशस्त्र प्रहरी नायब निरीक्षक प्रविण डिसी, लागुऔषध नियन्त्रण ब्यूरो प्रहरी सहायक निरीक्षक नवीन कुमार शाही, सशस्त्र प्रहरी शम्शेरगञ्जस्थित सशस्त्र प्रहरीका गोताखोरहरु मोहन बिष्ट, रोशन केसी, प्रमेश्वर थारु, ट्राफिक प्रहरी प्रहरी वरिष्ठ नायब निरीक्षक नन्द कुमार पोखरेल, प्रहरी नायब निरीक्षक रबिन्द्र बहादुर बम, प्रहरी सहायक निरीक्षक लक्ष्मण अधिकारी, सहायक हवल्दार पूर्ण बिसी र प्याब्सन बाँके अध्यक्ष बिकास बज्राचार्य रहेका छन् । 

सुरक्षाखबर मिडिया प्रालिका अध्यक्ष गौरव गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समिरमान श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन विनोद गौतमले गरेका थिए । वार्षिकोत्सबमा सम्मानित भएका सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले बाँकेको राप्तीसोनारीस्थित जय बागेश्वरी बाल संरक्षण केन्द्रलाई रु. १० हजार सहयोग गरेका थिए ।


प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP