नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टीले निर्णय गरेपछि बाँके ३ मा आएँः पुन
पार्टीले निर्णय गरेपछि बाँके ३ मा आएँः पुन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ ७, २०८२ बागेश्वरी पोस्ट
पार्टीले निर्णय गरेपछि बाँके ३ मा आएँः पुन

नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन एवम् बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमर सिंह पुनले संविधानलाई बचाउनका लागि कांग्रेस निर्वाचनमा जुटेको बताएका छन् । जेन–जी आन्दोलनपछि फेरिएको मुलुकको अवस्था र अप्ठ्यारोमा परेको ब्यवस्था जोगाउनका लागि निर्वाचन नै उत्तम विकल्प रहेको उनले प्रष्ट्याए । बाँके क्षेत्र नम्बर ३ खजुरामा बुधबार आयोजित भेलालाई सम्बोधन गर्दै सभापति पुनले कांग्रेस पार्टीभित्र रहेको असन्तुष्टिलाई थाती राख्दै एक ढिक्का भएर आगामी फागुन २१ गतेको चुनावमा होमिनु परेको बताए । ‘अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्दै सबै कमी, कमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्ने अवस्था छ, अहिलेको अवस्थामा एकले अर्कालाई आरोप लगाएर केही हुँदैन ,’ उनले भने ।

आफू विगत ३० वर्षदेखि बाँकेमा रहेको बताउँदै सभापति पुनले यस पटकको निर्वाचन बाँकेबाट लड्न पार्टीले निर्णय गरेको प्रष्ट्याए । आफूलाई बाँकेको क्षेत्र नम्बर ३ बाट गरिएको सिफारिस अनुसार पार्टीले निर्णय गरेको उनले जिकिर गरे । २०५२ सालदेखि बाँकेको क्षेत्र नम्बर ३ मा पर्ने जानकी गाउँपालिकामा जग्गा किनेर घरबास बनाई बसेको र बाँकेमा पार्टी तथा संगठन निर्माणमा नेताहरुसँग मिलेर काम गरेको बताए । ‘रोल्पा भन्दा बाँकेमै म बढी आउँछु, तराईमा प्रायः पहाडबाट झरेका मान्छेहरु छौं,  उम्मेदवार कहाँको भनेर परिभाषा लगाउन जरुरी छैन, पार्टीले खटायो भने जहाँबाट पनि लड्नुपर्ने हुन्छ,’ उनले भने । 

पार्टीका तत्कालिन सह–महामन्त्री किशोरसिंह राठौर चुनाव लडेको क्षेत्रमा आफूलाई पार्टीले टिकट दिएर पठाएको पुनले सुनाए । ‘किशोर सिंह राठौंर बर्दियाबाट लड्ने भएपछि अरु नेता भन्दा पनि अमर सिंह पुनले सबै नेताहरुलाई समेट्न सक्छ भनेर मेरो नाम क्षेत्रबाट सिफारिस गरी पार्टीले उम्मेदवार बनाएको हो,’ उनले भने । आफू संसदिय बोर्डमा भए पनि टिकटको टुंगो लगाउँदा बैठकमा नभएको बताए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँको सभापतित्वमा सम्पन्न भएको भेलामा पार्टीका निर्वतमान केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौर, नेपाली कांग्रेस बाँकेका पूर्व सभापति कृष्णमान श्रेष्ठ, नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार एवम् महासमिति सदस्य दुःखीराम लोनिया, नेपाली कांग्रेस प्रदेश सभा–३ ख का सभापति राजेन्द्र आचार्य, नेपाली कांग्रेस खजुरा गाउँपालिका अध्यक्ष रमेश सिंजाली, नेपाली कांग्रेस बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसी, नेपाली कांग्रेस जानकी गाउँपालिका सभापति दयाराम यादव, कांग्रेस नेता ऋषिकेश जिसी, बैजनाथ–४ का वडा अध्यक्ष प्रेम बहादुर शाही, नेपाली कांग्रेसका विभिन्न वडाका वडा सभापतिहरु लगायतले बोलेका थिए । भेलामा कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, विभिन्न तहमा रहेका पार्टीका नेता तथा नेतृहरु लगायतको उपस्थिति रहेको थियो । 


प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  २१:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP