नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेसको निर्वाचन प्रचार-प्रसार समितिले गर्‍यो बृहत छलफल, समिति विस्तार गर्दै सबै सदस्यलाई थमाइयो पत्र
बाँके कांग्रेसको निर्वाचन प्रचार-प्रसार समितिले गर्‍यो बृहत छलफल, समिति विस्तार गर्दै सबै सदस्यलाई थमाइयो पत्र
RSG-2
कांग्रेस आफू र देशलाई बदल्ने अठोटका साथ निर्वाचनको मैदानमा होमिएको छः बाल्मिकी
बागेश्वरी पोस्ट
शनिबार, माघ १०, २०८२ बागेश्वरी पोस्ट
बाँके कांग्रेसको निर्वाचन प्रचार-प्रसार समितिले गर्‍यो बृहत छलफल, समिति विस्तार गर्दै सबै सदस्यलाई थमाइयो पत्र

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले कांग्रेस अहिले बदलिएको र देशलाई बदल्न चाहेको बताएका छन् । पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा कांग्रेस आफू र देशलाई बदल्ने अठोटका साथ आसन्न निर्वाचनको मैदानमा होमिएको प्रष्ट्याए । 

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्व तयारीका सन्दर्भमा निर्वाचन प्रचारप्रसार समितिले शनिबार आयोजना गरेको जिल्ला स्तरीय बृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य बाल्मिकीले विगतका निर्वाचनमा गठबन्धन गर्ने प्रवृत्तिलाई तोडेर यस पटक कांग्रेसले १ सय ६५ वटै क्षेत्रका मतदातालाई रुख चिन्हमा मतदान गर्न पाउने गरी उम्मेदवारी दिएको बताए ।

‘विगतका दिनमा कांग्रेसले विभिन्न पार्टीसँग गठबन्धन गर्ने गरेको थियो, हाम्रा साथीहरुलाई कहिले सूर्यमा, कहिले हँसिया हथौडामा, कहिले हलोमा मत हाल्न बाध्य पारिएको थियो,’ उनले भने, ‘यसपाली बदलिएको छ कांग्रेस, देशलाई बदल्न चाहन्छ कांग्रेस ।’ आसन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन पार्टीका नेता, कार्यकर्ताहरुले आआफ्ना वडामा समय दिएर लाग्न केन्द्रिय सदस्य बाल्मिकीले निर्देशन दिए । ‘हामी सबैले आफ्नै वडामा ध्यान दिने हो भने नेपाली कांग्रेस विजयी हुन्छ,’ उनले थपे । 

नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति एवम् प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार नारायण प्रसाद गौडेल, जिल्ला सचिव एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुधान्सु कोइराला, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवारद्वय दुःखीराम लोनिया र दीपनारायण बर्मा, कांग्रेसका विभिन्न तहमा रहेका पदाधिकारी तथा नेताहरु लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रम सञ्चालन लुम्बिनी प्रदेशका सांसद समेत रहेकी जिल्ला सचिव सञ्जु कुमारी चौधरीले गरेकी थिइन् । कार्यक्रममा बाँकेका तीन वटै निर्वाचन क्षेत्रबाट कांग्रेसका नेता, कार्यकर्ताको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । कार्यबहाक सभापति अधिकारी संयोजक रहेको निर्वाचन प्रचारप्रसार समितिलाई वडा तहसम्म विस्तार गर्दै नेता कार्यकर्तालाई जिम्मेवारी प्रदान गरिएको छ । उनले प्रचारप्रसार समितिमा मनोनयन गरिएका सबै सदस्यहरुलाई आजै पत्र थमाएका छन् । 

May be an image of one or more peopleMay be an image of one or more people, people smiling and people studying


प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  १८:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP