नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • स्वर्गीय सुशील कोइरालाको क्षेत्रलाई यस पटक फर्काउँछौंः सुधान्शु
स्वर्गीय सुशील कोइरालाको क्षेत्रलाई यस पटक फर्काउँछौंः सुधान्शु
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ १०, २०८२ बागेश्वरी पोस्ट
स्वर्गीय सुशील कोइरालाको क्षेत्रलाई यस पटक फर्काउँछौंः सुधान्शु

नेपालगञ्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधान पिता, पूर्व प्रधानमन्त्री एवम् कांग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको निर्वाचन क्षेत्र बाँके–२ लाई यसपटक फर्काएर ल्याउने उद्घोष गरेका छन् । नेपाली कांग्रेस बाँकेका सचिव समेत रहेका कोइराला क्षेत्र नम्बर २ मा आसन्न प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्व तयारीका सन्दर्भमा निर्वाचन प्रचार–प्रसार समितिले शनिबार आयोजना गरेको जिल्ला स्तरीय बृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसलाई माया गर्ने जनताहरु धेरै रहेको बताए ।

‘क्षेत्र नम्बर २ मा यसपाली नेपाली कांग्रेसले झण्डा गाड्नेछ, कांग्रेसको संगठन यति बलियो छ, नेपाली कांग्रेसलाई माया गर्ने जनताहरु हुनुहुन्छ,’ उनले भने, ‘विगतमा हामीबाट कमीकमजोरी भयो, गठबन्धनका नाममा हामीले रुखमा भोट हाल्न बिर्सिसकेका थियौं, सुशील कोइरालाको क्षेत्रलाई हामीले रुख चिन्हमा भोट हालेर यसपटक फर्काएर ल्याउनेछौं ।’ क्षेत्र नम्बर २ जतिकै  बाँकेको क्षेत्र नम्बर १ र ३ मा पनि आम जनताले नेपाली कांग्रेसलाई माया गर्ने उनको भनाई छ । आफू निर्वाचित भएपछि संविधान पिता सुशील कोइरालाको निष्ठालाई कायम गरेर देखाउने र कांग्रेसका सबै क्रियाशील सदस्यको सम्मानमा कमी हुन नदिने उम्मेदवार सुधान्शुले प्रतिबद्धता जनाए ।

कांग्रेसले यसपटक आफूलाई युवा अनुहार स्वरुप उम्मेदवारका रुपमा प्रस्तुत गरेको उनले बताए । ‘म हाम्रो पार्टी सभापति आदरणीय गगन थापाज्यु लगायत सबै नेताहरुलाई धन्यवाद दिन चाहन्छु, सबैको आशिर्वाद लिएर म अगाडि बढ्नेछु, हामी भनेको रुख नै हो, चार तारे नै हो,’ उनले थपे, ‘म हजुरहरुमाझ आशिर्वाद लिन आएको छु, वडा तहदेखिका सबै नेताहरुले आशिर्वाद दिनुहुनेछ, पूर्व प्रधानमन्त्री एवम् पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको क्षेत्र पनि हो, यो क्षेत्रमा हामीले झण्डा गाड्ने कुरा भइसकेको छ ।’ हेभिवेट उम्मेदवारको प्रसंग कोट्याउँदै कोइरालाले कांग्रेसले बाँके–२ सहित देशभरका ७७ वटै जिल्लामा आफ्ना हेभिवेट उम्मेदवार उठाएको दाबी गरे ।


प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  २१:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP