नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • विज्ञापन उपभोक्तामैत्री हुनुपर्नेमा जोड
विज्ञापन उपभोक्तामैत्री हुनुपर्नेमा जोड
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ १२, २०८२ बागेश्वरी पोस्ट
विज्ञापन उपभोक्तामैत्री हुनुपर्नेमा जोड

नेपालगञ्ज । विज्ञापन उपभोक्तामैत्री हुनुपर्नेमा जोड दिइएको छ । विज्ञापन बोर्डले आज नेपालगञ्जमा आयोजना गरेको विज्ञापन नियमनमा सरोकारवालाको भूमिका विषयक कार्यक्रममा भ्रामक र अनियन्त्रित विज्ञापनले उपभोक्ता र मिडियामा नकारात्मक असर पारिरहेको भन्दै त्यसको नियन्त्रणका लागि सरोकारवाला गम्भीर र संवेदनशील बन्नुपर्ने आवश्यकता औंल्याइएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालको समन्वयमा गरिएको कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले उपभोक्ता हितलाई केन्द्रमा राखेर विज्ञापन नियमन गर्नुपर्ने भन्दै भ्रामक विज्ञापनप्रति कडा निगरानी आवश्यक रहेको बताए । उनले भ्रामक तथा अनियन्त्रित विज्ञापनले उपभोक्ता र सञ्चार माध्यम दुवैलाई असर गर्ने भएकोले नियमित अनुगमन जरुरी रहेको बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले विज्ञापनले समाजमा पार्ने प्रभावलाई ध्यानमा राख्दै कानुन अनुसार मात्रै विज्ञापन प्रकाशन र प्रशारण हुनुपर्ने बताए । उनले भ्रामक, अतिरञ्जित वा उपभोक्तालाई धोका दिने खालका विज्ञापन नियन्त्रणका लागि प्रशासन, विज्ञापन बोर्ड, सञ्चार माध्यम र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गरे । 

उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाले उपभोक्तामैत्री विज्ञापन प्रवर्द्धन र उपभोक्तालाई सही सूचना दिनु सबै सरोकारवालाको साझा दायित्व भएको बताए । उनले विज्ञापनबाट हुने ठगी, गलत प्रचार र स्वास्थ्य तथा शिक्षा जस्ता संवेदनशील क्षेत्रमा हुने भ्रामक प्रचारप्रति कडा निगरानी आवश्यक रहेको धारणा राखे । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले विज्ञापन र समाचारबीचको स्पष्ट विभाजन, आचारसंहिता पालन र तथ्यमा आधारित सामग्री प्रकाशन प्रशारणमा पत्रकारहरू सचेत हुनुपर्ने बताए । उनले सञ्चारमाध्यमले व्यवसायिक दबाब भन्दा माथि उठेर सामाजिक जिम्मेवारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । त्यसक्रममा हुमागाई र बानियाले प्रस्तुतिकरण समेत गरेका थिए ।

कार्यक्रममा विज्ञापन, कानुनी व्यवस्था, कार्यान्वयनमा देखिएका चुनौती तथा सुधारका उपायबारे सहभागीहरूबीच खुला छलफल समेत गरिएको थियो । अन्तरक्रियाले विज्ञापन क्षेत्रलाई जिम्मेवार, पारदर्शी र उपभोक्तामैत्री बनाउने दिशामा सहकार्य बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । कार्यक्रममा बाँकेमा क्रियाशील पत्रकार, विज्ञापन एजेन्सी, उपभोक्ता अधिकारकर्मी लगायत सरोकारवालाको सहभागिता थियो । 


प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP