नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके क्षेत्र नम्बर ३ मा कांग्रेसद्वारा चुनावी प्रचार अभियान तीब्र
बाँके क्षेत्र नम्बर ३ मा कांग्रेसद्वारा चुनावी प्रचार अभियान तीब्र
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ १३, २०८२ बागेश्वरी पोस्ट
बाँके क्षेत्र नम्बर ३ मा कांग्रेसद्वारा चुनावी प्रचार अभियान तीब्र

(खजुरा, बाँके) । नेपाली कांग्रेसले बाँके क्षेत्र नम्बर ३ मा चुनावी प्रचार अभियानलाई तीब्रता दिएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर कांग्रेसले मंगलबार एकै दिन क्षेत्र नम्बर ३ को खजुरा र सम्झना बजारमा आफ्नो ‘निर्वाचन प्रचारप्रसार समितिको सचिवालय’ सञ्चालनमा ल्याएको छ । 

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार अमर सिंह पुनले औपचारिक रुपमा उद्घाटन गरेका हुन् । बाँके क्षेत्र नम्बर ३ अन्तरगत खजुरा, बैजनाथ र जानकी गाउँपालिका तथा नेपालगञ्ज उपमहानगरपालिकाको १६ र १७ नम्बर वडा पर्छन् । यी क्षेत्रलाई समेट्ने गरी कांग्रेसले आफ्नो निर्वाचन प्रचारप्रसार समितिको सचिवालय बैजनाथको सम्झना बजार र खजुरा बजारमा एकैसाथ सञ्चालनमा ल्याएको हो । 

सचिवालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार पुनले बदलिएको कांग्रेस देश बदल्ने अभियानका साथ चुनावी मैदानमा उत्रिएको बताए । विगतमा कांग्रेसको योगदान अविस्मरणीय रहेको र अझै पनि कांग्रेसले मात्र देश बनाउन सक्ने बताए । बदलिएको कांग्रेसले यस पटकको निर्वाचनमा १ सय ६५ उम्मेदवार मध्ये १ सय ६ जना नयाँ अनुहारलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको प्रदेश सभापति पुनले जानकारी दिए । कांग्रेस अहिले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सोचका साथ जनतामाझ आएको उनको भनाई छ । ‘हामी अझै पनि आफ्ना कमी-कमजोरीलाई सच्याएर अगाडि बढ्नेछौं,’ पुनले भने । पुनले हरेक कार्यकर्ताहरुलाई आ-आफ्नो जिम्मेवारी सम्झेर निर्वाचन प्रचारका लागि आफ्नै वडामा खटिन आग्रह गरे ।

सचिवालय उद्घाटनका क्रममा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार दुःखीराम लोनिया, कांग्रेस नेता एवम् लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, कांग्रेस क्षेत्र नम्बर ३ का सभापति नक्की खाँ, प्रतिनिधि सभाका निर्वतमान सांसद आशा बिक, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, नेपाली कांग्रेस प्रदेश सभा ३ ‘क’ र ‘ख’ का सभापतिद्वय केशव शाह र राजेन्द्र आचार्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टीको जिल्ला, क्षेत्र, प्रदेश सभा, गाउँपालिका तथा वडा तहका सभापति, पदाधिकारी, नेता तथा कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।  

एमाले परित्याग गरी कांग्रेसमा प्रवेश 

सचिवालय उद्घाटनका क्रममा एमाले बैजनाथ गाउँपालिका सदस्य मोहम्मद मतिन सल्मानी, एमाले क्षेत्र नम्बर ३ का क्षेत्रीय सदस्य जोध्या प्रसाद अहिर र नेकपाका वडा कमिटी उपाध्यक्ष उदयराज चमार कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई उम्मेदवार पुनले कांग्रेसमा स्वागत गरे । 


प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  २१:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP