नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके क्षेत्र नम्बर २ का वडा-टोलमा पुगेर आशिर्वाद थाप्दै सुधान्सु
बाँके क्षेत्र नम्बर २ का वडा-टोलमा पुगेर आशिर्वाद थाप्दै सुधान्सु
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ १४, २०८२ बागेश्वरी पोस्ट
बाँके क्षेत्र नम्बर २ का वडा-टोलमा पुगेर आशिर्वाद थाप्दै सुधान्सु

नेपालगन्ज । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ का 'सशक्त' उम्मेदवार सुधान्सु कोइराला वडा-टोलमा पुगेर आशिर्वाद थापिरहेका छन् । उक्त क्षेत्रमा नेपालगन्जका कुल २३ मध्ये वडा नम्बर १६ र १७ बाहेक बाँकी वडाहरु तथा डुडुवा गाउँपालिका पर्दछ ।चुनावमा पहिलोपटक उम्मेदवार बनेका कोइराला मतदाताबाट पाइरहेको आशिर्वाद र हौसलाले उत्साहित देखिन्छन् ।

नेपाली कांग्रेसका युवा नेता समेत रहेका उनी कांग्रेस बाँकेका सचिव हुन् । उनी पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय सुशिल कोइरालाका भतिज हुन् । यस्तै नेपाली कांग्रेस बाँकेका पूर्व सभापति किरण कोइराला र स्वर्गीय अरुण कोइरालाका सुपुत्र हुन् । यसअघि सोही क्षेत्रबाट स्वर्गीय सुशिल कोइराला चुनाव लड्दै आएका थिए ।

उनको निधनपछि २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादीका नेता मोहम्मद इश्तियाक राई र २०७९ को निर्वाचनमा राप्रपाका महामन्त्री डा. धवल सम्शेर राणा निर्वाचित भएका थिए । विगतका दुई वटा निर्वाचन परिणाम कांग्रेसको अनुकुल बन्न नसके पनि यस पटक मतदाताले कांग्रेसलाई नै जिम्मेवारी दिने उम्मेदवार कोइरालाको विश्वास छ । 'विगतका निर्वाचनमा गठबन्धनका कारण चाहेर पनि रुख चिन्हमा मत खसाल्न नपाएको अवस्था थियो, यसपटक यहाँका मतदाताहरु कांग्रेसकै चुनाव चिन्हमा मत खसाल्न पाउनुहुनेछ, हामी जहाँ पुगेका छौं, त्यहाँको रेस्पोन्स राम्रो पाइराखेका छौं, ' उनले भने ।

युवादेखि वयस्क र बृद्धहरुको ढुकढुकी बनेका सुधान्सुले पार्टीको बिरासत फर्काउने नेपालगन्जबासीले अनुमान लगाइरहेका बेला उनी वडा-टोलमा पुगेर मत मागिरहेका छन् । आफू जहाँ पुग्दा पनि मतदाताबाट माया र हौसला पाइरहेको उनले सुनाए । ‘म निर्वाचन प्रचारका लागि जहाँ पुगिरहेको छु, मलाई सबैले माया गरिरहनुभएको छ, यसपटक कांग्रेसलाई नै जिताउने कुरा गर्नुहुन्छ,’ कोइरालाले भने ।

निर्वाचन प्रचारकै क्रममा मंगलबार उनी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ सहित विभिन्न स्थानमा पुगेका थिए । त्यस क्रममा वडा तहका कांग्रेस नेता तथा कार्यकर्ता, सर्बसाधारण नागरिक, विभिन्न धर्म, समुदायका अगुवाहरुले स्वागत गरेको कोइरालाको सचिवालयले जनाएको छ । 


प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP