नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, माघ १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • महेन्द्र पुस्तकालयले उम्मेदवारहरुसँग बहस आयोजना गर्दै
महेन्द्र पुस्तकालयले उम्मेदवारहरुसँग बहस आयोजना गर्दै
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ १४, २०८२ बागेश्वरी पोस्ट
महेन्द्र पुस्तकालयले उम्मेदवारहरुसँग बहस आयोजना गर्दै

नेपालगञ्ज । नेपालगञ्जस्थित ऐतिहासिक पुस्तकालय महेन्द्र पुस्तकालयले प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूबीच प्रत्यक्ष चुनावी बहस कार्यक्रम आयोजना गर्ने भएको छ । पुस्तकालयलाई ज्ञान आर्जनको केन्द्रका साथै विविध विषयमा बौद्धिक विमर्शको थलो बनाउने उदेश्यले नियमित रुपमा विमर्शको कार्यक्रम गर्न लागिएको र त्यसको सुरुवात आसन्न निर्वाचनका उम्मेदवारहरुसँग बहस कार्यक्रमबाट गर्न लागिएको पुस्तकालयका सचिव सतिश निरौलाले जानकारी दिए । आगामी हप्ता आयोजना हुने उक्त कार्यक्रमले मतदातालाई उम्मेदवारहरूको नीति, दृष्टिकोण र प्रतिबद्धताबारे स्पष्ट जानकारी गराउने अपेक्षा गरिएको पनि निरौलाले बताएका छन् । कार्यक्रमका लागि लेखक तथा पुस्तकालयका सल्लाहकार नरेन्द्रजंग पिटरको संयोजकत्वमा उपसमिति गठन गरी तयारी अघि बढाइएको निरौलाले बताए ।

समितिका संयोजक पिटरका अनुसार बाँकेका तीन वटा क्षेत्रका उम्मेदवारहरुसँग विमर्शको कार्यक्रम अलग अलग मितिमा गर्ने गरी तयारी भइरहेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूबाट उनीहरुको उम्मेदवारीको औचित्यका साथै महत्वपूर्ण एक दर्जन बढी सवालमा धारणा र उनीहरुले गरेको तयारीको फहरिस्त मागिनेछ । राष्ट्रिय तथा स्थानीय मुद्दामा केन्द्रित हुने बहस स्थानीय समस्याको समाधानमा संघीय साँसदको भूमिकादेखि विकास तथा पूर्वाधार, सुशासन र भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्य र रोजगारी, महिला तथा अल्पसंख्यक अधिकार र वातावरण संरक्षण जस्ता विषयमा केन्द्रित रहने उनले बताए ।

पुस्तकालयमार्फत सार्वजनिक चासोका विषयमा स्वस्थ बहस संस्कृतिको विकास गर्ने प्रयासस्वरुप कार्यक्रम गर्न लागिएको बताउँदै पिटरले उम्मेदवारहरूसँगको बहसले उनीहरुका विचारहरूको तुलनात्मक विश्लेषण गर्न, मतदाताहरूलाई सूचित निर्णय लिन र लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागी भई उम्मेदवारहरुसँग आफ्‌ना चासो र जिज्ञासाहरु राख्न पुस्तकालयले सबैलाई आग्रह गरेको छ ।


प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महेन्द्र पुस्तकालयले उम्मेदवारहरुसँग बहस आयोजना गर्दै
महेन्द्र पुस्तकालयले उम्मेदवारहरुसँग बहस आयोजना गर्दै
बाँके-१ मा कांग्रेस प्रवेश गर्नेको लहर, जसपा नेपालका नेता मुकेरी कांग्रेसमा   
बाँके-१ मा कांग्रेस प्रवेश गर्नेको लहर, जसपा नेपालका नेता मुकेरी कांग्रेसमा   
बाँके क्षेत्र नम्बर २ का वडा-टोलमा पुगेर आशिर्वाद थाप्दै सुधान्सु
बाँके क्षेत्र नम्बर २ का वडा-टोलमा पुगेर आशिर्वाद थाप्दै सुधान्सु
बाँकेमा दर्जनौं पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै ४ महिला उम्मेदवार
बाँकेमा दर्जनौं पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै ४ महिला उम्मेदवार
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP