नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले उम्मेदवारहरु नरैनापुर पुगे, इश्तियाक राईले मागे सूर्य ढकालका लागि भोट
एमाले उम्मेदवारहरु नरैनापुर पुगे, इश्तियाक राईले मागे सूर्य ढकालका लागि भोट
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ १४, २०८२ बागेश्वरी पोस्ट
एमाले उम्मेदवारहरु नरैनापुर पुगे, इश्तियाक राईले मागे सूर्य ढकालका लागि भोट

नरैनापुर । बाँके क्षेत्र नम्बर २ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूलाई नरैनापुरले राजनीतिमा स्थापित गरेको बताएका छन् । आज क्षेत्र नम्बर १ स्थित नरैनापुरमा आयोजित उम्मेदवारहरूसँग भेटघाट तथा विस्तारित बैठकलाई सम्बोधन गर्दै राईले आफ्नो राजनीतिको सुरूआती समयमा नरैनापुरले देखाएको माया र भरोसाले नै आफू यहाँसम्म  आइपुगेको बताए ।

नरैनापुरसँग जोडिएका आफ्ना इतिहासहरूको स्मरण गर्दै राईले भने, ‘मलाई इश्तियाक राई बनाएको नरैनापुरले हो । यसका लागि म सधैं आभारी रहन्छु । तपाइँहरूले मप्रति लगाएको ऋणका लागि म सुक्रिया अदा गर्दछु ।’ आफूहरू बीचको पूरानो सम्बन्ध, आपसी इज्जत र मायामा कुनै ह्रास नआएको बताएका एमाले उम्मेदवार राईले यो निर्वाचन विकास निर्माण गर्ने र ध्वंश गर्नेहरू बीचको लडाइँ भएको जिकिर गरे । 

भदौ २४ गतेको घटनाले देशमा माओवादी द्वन्दमा भन्दा पनि ज्यादा क्षति भएको राईको दाबी छ । उनले भने ‘ देश बनाउने भन्दै आएका स्वार्थी समूहका व्यक्तिहरूले देशको न्यायालय, सुरक्षा र प्रशासनिक संरचनाहरूमा आगो लगाए । जसबाट माओवादीको १० वर्षे द्वन्द भन्दा पनि बढी क्षति भयो । ४ घण्टामै देशमा ठूलो ध्वंश भयो ।’

राईले बाँके क्षेत्र नं १ मा एमालेका उम्मेदवार सूर्य ढकाललाई जिताउन नरैनापुरवासीसँग अपिल पनि गरे । ‘तपाइँहरू क्षेत्र नं २ बाट मेरो सानदार जित चाहनुहुन्छ भने सूर्य ढकालजीलाई जिताउनुस् । यता तपाइँहरूले सूर्य ढकालजीलाई भोट दिनुभयो भने उता मेरो पनि थपिन्छ।’, राईले भने । 

केही गुनासाहरू भए त्यसलाई विर्सेर चुनाव चिन्ह सूर्यमा मतदान गर्न आग्रह गरेका राईले बाँधको समस्या समाधान, सुकुम्बासीको व्यवस्थापन तथा कब्रिस्तान, शमशानघाट लगायतको निर्माणका लागि यो पटक एमालेबाट आफूसहित सूर्य ढकालले पनि जित्नु जरूरी रहेको भनाई राखे । राईले बाँकेबाट नरैनापुर हुँदै दाङ जोड्ने सडक निर्माणको आफ्नो योजना पनि कार्यक्रममा सुनाएका थिए । क्षेत्र नम्बर ३ का उम्मेदवार सुमन मल्ल पनि नरैनापुर पुगेका थिए । 

May be an image of one or more people, temple and crowdMay be an image of one or more people and temple


प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP