नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, चैत २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेको समग्र विकासका लागि कांग्रेसको आह्वान
बाँकेको समग्र विकासका लागि कांग्रेसको आह्वान
बागेश्वरी पोस्ट
शनिबार, माघ १७, २०८२ बागेश्वरी पोस्ट
बाँकेको समग्र विकासका लागि कांग्रेसको आह्वान

बाँके । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनलाई लक्षित  गर्दै  नेपाली कांग्रेसका उम्मेदवारहरूले बाँकेको विकास, लोकतन्त्रको रक्षा र सामाजिक मूल्य–मान्यताको संरक्षणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा बाँके प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार अमर सिंह पुनले बाँकेको समग्र विकासका लागि कांग्रेसको जित अनिवार्य रहेको बताएका छन् । उनले विकास निर्माणका कामलाई आफ्नो उच्च प्राथमिकतामा राख्दै ठूला र सम्भावनायुक्त योजनाहरूलाई समयमै टुंगोमा पुर्‍याउनुपर्ने आवश्यकता औँल्याए ।

उम्मेदवार पुनले लुम्बिनी प्राविधिक विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण, कपास विकास समिति र नौवस्ता औद्योगिक क्षेत्रको विस्तार तथा पर्यटकीय क्षेत्र विकासका लागि उपयुक्त रुट निर्माण गर्नुपर्नेमा जोड दिए । बदलिँदो राजनीतिक परिस्थितिमा संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि कांग्रेसले स्पष्ट जनमत माग्नुपर्ने अवस्था आएको उनको भनाई थियो ।

उनले कांग्रेसले यस पटक ठूलो संख्यामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको उल्लेख गर्दै पार्टीभित्र क्रमिक सुधार र परिवर्तन भइरहेको दाबी गरे । साथै, पार्टीका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर निर्वाचनमा सक्रिय हुन आह्वान समेत गरे ।

यस्तै नेपाली कांग्रेस बाँकेका सभापति तथा बाँके प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार नारायण प्रसाद गौडेलले कांग्रेसप्रति जनताको विश्वास अझै बलियो रहेको बताएका छन् । चुनावको मुखमा नयाँ राजनीतिक दल देखिए पनि सचेत मतदाताको भरोसा कांग्रेसमै रहेको उनको भनाई थियो । उनले आगामी निर्वाचनमा रुख चिन्हमा मतदान गरेर कांग्रेसलाई विजयी गराउने विश्वास व्यक्त गरे ।

त्यसैगरी बाँके -२ बाट उम्मेदवार रहेका कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले किसानका पीडा, युवाको बेरोजगारी र सडक सुरक्षा , शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास जस्ता विषयलाई प्राथमिकतामा राखेका छन् । उनले सपना सत्ता होइन—बाँकेको दिगो विकास, गुणस्तरीय निर्माण, युवालाई देशमै रोजगारी र गरिबको जीवनमा परिवर्तन ल्याउनु रहेको बताएका छन् ।

कांग्रेस नेतृत्वले आसन्न निर्वाचनले देशलाई स्थायित्व, विकास र लोकतान्त्रिक मूल्यतर्फ अघि बढाउने अपेक्षा गरिएको जनाएको छ ।


प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP