नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेको क्षेत्र नम्बर २ मा कांग्रेसको प्रचार-प्रसार कार्यालय सञ्चालन
बाँकेको क्षेत्र नम्बर २ मा कांग्रेसको प्रचार-प्रसार कार्यालय सञ्चालन
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ १८, २०८२ बागेश्वरी पोस्ट
बाँकेको क्षेत्र नम्बर २ मा कांग्रेसको प्रचार-प्रसार कार्यालय सञ्चालन

नेपालगन्ज । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नम्बर २ नेपालगन्जमा प्रचार–प्रसार समितिको कार्यालय सञ्चालनमा ल्याएको छ । नेपालगन्जको त्रिभुवन चोकमा सञ्चालनमा ल्याइएको उक्त कार्यालयको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले रिवन काटेर उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाँकेमा भएका ठूला विकासका काम तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति सुशिल कोइरालाको पहलबाट भएको बताए । बाँकेको क्षेत्र नम्बर २ मा भएका अधिकांश ठूला विकास आयोजना स्वर्गीय कोइरालाको पहलकदमीबाट भएको कुरा आफूले स्वयं अनुभूति गरेको बताए ।

कोइरालाले बाँकेमा सिक्टा सिंचाई आयोजना, नेपालगन्ज मेडिकल कलेज, भेरी प्राविधिक शिक्षालय, नेपालगन्ज–कोहलपुर चारलेन सडक, नेपालगन्जमा सम्पन्न भएको एकिकृत सहरी विकास आयोजना (एडिबी प्रोजेक्ट), भेरी अस्पतालको स्तरोन्नति, राप्ती खानेपानी आयोजना लगायत ठूला विकास योजनाहरु ल्याएको बताए । ‘यो विषयमा हामी जहाँ पनि बहस गर्न तयार छौं, हामी हाम्रो नेताले गरेको विकासको कामको धेरै प्रचार गरेनौं, केही–केहीले आफूलाई विकासप्रेमी भन्दै हिँडिरहेका छन्,’ केन्द्रिय सदस्य बाल्मिकीले भने । बाँकेको क्षेत्र नम्बर २ मा अब विकासको नेतृत्व शुधान्सु कोइरालाले गर्ने उनको भनाई छ । कांग्रेसले बदलिँदो परिस्थितिसँगै युवा उम्मेदवारलाई अगाडि सारेको संविधान सभा सदस्य बाल्मिकीले बताए ।

यस्तै नेपाली कांग्रेसका प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले आफूले गलत काम कहिल्यै नगर्ने र नेपाली कांग्रेसका आम कार्यकर्ता र क्षेत्र नम्बर २ का बासिन्दा कसैको पनि शिर झुक्न नदिने प्रतिवद्धता जनाए । जेन–जी आन्दोलनको म्याण्डेट अनुसार नेपाली कांग्रेस आफूलाई परिवर्तन गरेर नयाँ ढंगले प्रस्तुत भएको युवा नेता कोइरालाले बताए । जेन–जी आन्दोलनपछि नेपाली कांग्रेसले आफूलाई परिवर्तन गरिसकेको र आउँदो चुनावका लागि देशभर १ सय ६ जना नयाँ अनुहारलाई टिकट दिएको बताए । पार्टीमा योगदान पुर्याएका थुप्रै अग्रज नेताहरु भए पनि आफूलाई पार्टीले निर्णय गरेर उम्मेदवारको रुपमा उभ्याएको बताए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, कांग्रेस पूर्व सभापति कृष्णमान श्रेष्ठ, मुस्लिम अगुवा एवम् कांग्रेस नेता निजामुद्धिन अन्सारी ‘छोड्कौं’, कांग्रेस नेता एवम् २०७९ को प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार सुदिप नरसिंह राणा, महासमिति सदस्य लक्ष्मीनारायण शाह, महाधिवेशन प्रतिनिधि रबिन्द्रमान श्रेष्ठ लगायतले बोलेका थिए । बाँके क्षेत्र नम्बर २ का कांग्रेस सचिवालय सदस्य उमा थापा मगरले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन सचिवालय संयोजक एवम् क्षेत्र नम्बर २ का सचिव सुनिल सिंह हमालले गरेका थिए । कार्यक्रममा अस्वस्थताका बाबजुद पनि कांग्रेस बाँकेका निवर्तमान सभापति किरण कोइराला, जिल्ला, क्षेत्र, नेपालगन्ज उपमहानगरपालिका तथा वडा तहबाट नेता तथा कार्यकर्ताहरु ठूलो संख्यामा उपस्थित भएका थिए ।  


प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  २१:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेको क्षेत्र नम्बर २ मा कांग्रेसको प्रचार-प्रसार कार्यालय सञ्चालन
बाँकेको क्षेत्र नम्बर २ मा कांग्रेसको प्रचार-प्रसार कार्यालय सञ्चालन
सबै वडामा सञ्जाल विस्तार गर्दै एमाले, उम्मेदवार राई मतदाता भेटघाटमा
सबै वडामा सञ्जाल विस्तार गर्दै एमाले, उम्मेदवार राई मतदाता भेटघाटमा
निर्वाचनलाई भयरहित बनाउन बाँकेमा आचारसंहिता कार्यान्वयनका लागि अनुगमन अधिकृत सक्रिय
निर्वाचनलाई भयरहित बनाउन बाँकेमा आचारसंहिता कार्यान्वयनका लागि अनुगमन अधिकृत सक्रिय
कांग्रेस उम्मेदवार अमर सिंह पुनको प्रचारप्रसार सचिवालय उद्घाटन
कांग्रेस उम्मेदवार अमर सिंह पुनको प्रचारप्रसार सचिवालय उद्घाटन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP