नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, माघ २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सुधान्शुसंग चौफेरीका स्थानीयः राप्ती कटान रोक्न पक्की तटबन्धको माग
सुधान्शुसंग चौफेरीका स्थानीयः राप्ती कटान रोक्न पक्की तटबन्धको माग
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २०, २०८२ बागेश्वरी पोस्ट
सुधान्शुसंग चौफेरीका स्थानीयः राप्ती कटान रोक्न पक्की तटबन्धको माग

डुडुवा (बाँके) । राप्ती नदीको कटानबाट हरेक वर्ष प्रभावित हुँदै आएका डुडुवाका स्थानीय बासिन्दाले पक्की तटबन्धको माग गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट क्षेत्र नम्बर २ का उम्मेदवार सुधान्शु कोइरालासँगको भेटमा मंगलबार डुडुवा गाउँपालिका वडा नम्बर १ कृषि चौफेरी र बोर्डर चौफेरीका स्थानीयले हरेक वर्ष बाढीबाट खेतीयोग्य जमिन कटान, पटान र डुबान हुदै आएको गुनासो गरे । 

भारतले केही वर्षअघि राप्ती नदीमा दुबैतर्फ पक्की तटबन्ध निर्माण गरिदिने भनी गरेको प्रतिवद्धता अहिलेसम्म कार्यान्वयनमा आएको छैन । जसले गर्दा हरेक वर्ष राप्ती नदी आसपासका बाँकेका नागरिकहरु प्रभावित हुदै आएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता भेटघाटका क्रममा डुडुवा पुगेका उम्मेदवार कोइरालासँग त्यहाँका स्थानीयले आफूहरुको समस्या समाधानको पहल गरिदिन आग्रह गरेका हुन् । 

‘भारत सरकारले गरेको प्रतिवद्धतालाई कार्यान्वयनमा ल्याउन तपाईंको भूमिका मात्र सार्थक हुनेछ, किनकी तपाईं कोइराला परिवारभित्र राजनीतिमा उदाउँदै गरेको युवा पुस्ता भएको नाताले भारतीय पक्षले अवश्य पनि तपाईंको पहलकदमीलाई सकारात्मक रुपमा लिनेछ,’ उपस्थित स्थानीयले भने । बाँके क्षेत्र नम्बर २ मा कांग्रेसले कोइरालालाई यसपटक उम्मेदवार बनाउँदा आफूहरु निकै खुसी भएको भन्दै चौफेरीका स्थानीयले जितका लागि अग्रिम शुभकामना तथा बधाई दिएका थिए । 

सो क्रममा उम्मेदवार कोइरालाले आफू सांसदमा निर्वाचित भएपछि भारतीय पक्षसमक्ष कुरा राखेर सम्झौता कार्यान्वयन गराउने र सधैंका लागि राप्तीको कटान समस्या अन्त्य गराउने प्रतिवद्धता जनाएका थिए । यस्तै डुडुवा गाउँपालिका अध्यक्ष एवम् कांग्रेस महासमिति सदस्य नरेन्द्र कुमार चौधरीले राप्ती नदीमा पक्की तटबन्ध निर्माणका लागि भारतसँग भएको सम्झौता कार्यान्वयन कांग्रेसका उम्मेदवार कोइरालाले मात्र गराउन सक्ने बताए । 

स्थानीय सरकारले आफ्नो वार्षिक बजेटबाट सडक, बाटो, नाला, कल्भर्ट लगायत पुर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि, पशु लगायत क्षेत्रमा काम गरे पनि राप्ती नदीको कटान रोक्नका लागि संघिय सरकारको बजेट वा बाह्य देशको सहयोगबाट मात्र सम्भव भएको बताए । कांग्रेस उम्मेदवार कोइराला सहितको टोली भेटघाटका लागि डुडुवाका अन्य वडाहरुमा पुग्दा पनि स्थानीय बासिन्दाले स्वागत गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  २१:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुधान्शुसंग चौफेरीका स्थानीयः राप्ती कटान रोक्न पक्की तटबन्धको माग
सुधान्शुसंग चौफेरीका स्थानीयः राप्ती कटान रोक्न पक्की तटबन्धको माग
नरैनापुरका तीन वटा वडामा काँग्रेसको प्रचार कार्यालय स्थापना, १४ जना काँग्रेस प्रवेश
नरैनापुरका तीन वटा वडामा काँग्रेसको प्रचार कार्यालय स्थापना, १४ जना काँग्रेस प्रवेश
भोलि लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
भोलि लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
बाँके–१ मा बन्यजन्तु आक्रमण विरुद्ध कदम चाल्ने उम्मेदवार: नारायण गौडेल
बाँके–१ मा बन्यजन्तु आक्रमण विरुद्ध कदम चाल्ने उम्मेदवार: नारायण गौडेल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP