नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कामको मूल्यांकन गरेर मतदान गर्नुस्ः इश्तियाक राई
कामको मूल्यांकन गरेर मतदान गर्नुस्ः इश्तियाक राई
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २३, २०८२ बागेश्वरी पोस्ट
कामको मूल्यांकन गरेर मतदान गर्नुस्ः इश्तियाक राई

‍नेपालगञ्ज । नेकपा एमालेबाट निर्वाचन क्षेत्र नम्बर २ बाँकेका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले युवाहरूलाई कामकाजी बनाउँदै आवश्यक आयआर्जन गर्न सक्षम गराउन आफू प्रयत्नरत रहेको बताएका छन् । आज वडा नम्बर २१ पुरैनीमा नेकपा एमालेको निर्वाचन लक्षित कार्यालय उद्घाटन गर्दै पूर्व मन्त्री समेत रहेका राईले स्थानीय स्तरमै युवाहरूले काम पाउने र मनग्य आम्दानी गर्न सक्ने गरी आफूले योजना बनाइरहेको बताए ।

अरूले जस्तो झुठो आश्वासन र अति महत्वाकांक्षी कुराहरू आफूले नगर्ने बताएका उम्मेदवार राईले किसानहरूले सहज र सस्तो मल पाउने वातावरण बनाउने दाबी गरे । उनले भने “चुनाव जित्नकै लागि अरूले जस्तो मल फ्याक्ट्री खोल्छु भनेर म झुठो आश्वासन दिँदैन । तर, यत्ति चाहिँ भन्छु कि किसानले चाहिएको बेलामा सहज र सस्तोमा मल पाउने वातावरण बनाउन म अग्रसर हुन्छु ।”

निर्वाचन क्षेत्र नम्बर २ मा २०७४ सालमा आफू सांसद भएपछिको ५ वर्षे कार्यकाल र आफू पराजित भएपछिको पछिल्लो ३ वर्ष तुलना गरेर मूल्यांकन गर्न पनि मतदातासमक्ष राईले आग्रह गरे । ‘‘मेरो जित हुँदाको समय र मेरो पराजय भएपछिको समय तुलना गर्दा नै स्पष्ट हुन्छ यहाँ कसले काम गर्छ, कसले काम गर्दैन ?’’ राईले भने ।

पछिल्लो तीन बर्षमा समाजमा झगडा गराउने र विभाजन ल्याउने थुप्रै घटनाहरू बाँकेमा भएको उदाहरणहरू दिँदै राईले आफू सधैं नै धार्मिक सद्भाव र एकताको पक्षमा अडिग रहेको बताए । निर्वाचन जित्नका लागि समाजमा विभाजन ल्याउन चाहनेहरूलाई समाजले चिन्नुपर्ने उनको भनाई थियो ।

आफूले यो पल्ट उल्लेख्य मत ल्याएर विजयी हुने संकेत गरेका राईले २०७९ को निर्वाचनमा २०७४ सालको भन्दा धेरै मत ल्याए पनि अन्य सबै दलहरू मिल्दा आफू पछि परेको बताए । २०७४ सालमा २१ हजार ५ सय ७५ मत ल्याएर प्रतिनिधिसभा सदस्य निर्वाचित राई २०७९ मा २३ हजार ५ सय २० मत ल्याएर पराजित भएका थिए ।

बाँकेका केही राजनीतिज्ञ र विरोधी व्यक्तिहरू सधैं नै आफूलाई अनावश्यक बदनाम गर्न लागिपरेको आरोप पनि राईले लगाए ।  “इश्तियाक राईले जित्यो भने आफूहरू पछि परिन्छ भन्ने डरले केही मानिसहरू असम्बन्धित कुराहरूमा पनि मलाई जोडिदिन्छन् । स्थानीय तहका कामहरूमा समेत त्यहीँका जिम्मेवार व्यक्तिलाई केही नभनेर मलाई देखाइन्छ । यस्ता गलत कुराहरू जनताले बुझ्नु जरुरी छ,” राईले भने ।

राईले आजै वडा नम्बर १३ का मतदाताहरूसँग घरघरमै पुगेर भेटघाट गरेका थिए ।

 


प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १९:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP