नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २३, २०८२ बागेश्वरी पोस्ट
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन

इटहरी । कोशी प्रदेशमा जलवायु परिवर्तन, वातावरणीय संरक्षण र सामाजिक न्यायका सवालमा एकीकृत आवाज निर्माण गर्ने उद्देश्यसहित कोशी प्रदेश स्तरीय जलवायु कार्य र न्याय सञ्जाल गठन गरिएको छ । 

क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को समन्वयमा गठन भएको यस सञ्जालले प्रदेशभर क्रियाशील विभिन्न सामाजिक संघ–संस्थाहरू, अभियन्ता तथा सरोकारवालाहरूलाई एउटै साझा मञ्चमा जोड्ने लक्ष्य लिएको छ । जलवायु परिवर्तनका असरहरू, बढ्दो प्रदूषण, अव्यवस्थित फोहोर व्यवस्थापन, स्वच्छ हावाको अभाव तथा वातावरणीय अन्यायका विषयहरूलाई प्राथमिकतामा राख्दै सञ्जालले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म प्रभावकारी पहल गर्ने जनाइएको छ । यस सञ्जालको मुख्य उद्देश्य वातावरणीय संरक्षण, दिगो फोहोर व्यवस्थापन, स्वच्छ हावा प्रवद्र्धन र जलवायु न्यायका मुद्दामा वकालत गर्नुका साथै, जलवायु कार्य र न्यायसँग मेल खाने गतिविधिहरूलाई स्थानीय तहदेखि प्रदेशस्तरसम्म प्रवद्र्धन गर्नु हो ।

सञ्जालले आफ्ना सदस्य संस्थाहरूको मूल कार्य क्षेत्र जेसुकै भए पनि उनीहरूका गतिविधिहरूमा वातावरणीय सचेतना र जलवायु जिम्मेवारीलाई समाहित गर्ने दिशामा काम गर्नेछ । यसले विभिन्न क्षेत्रका संस्थाबीच सहकार्य र समन्वय बढाउने, साझा अभियानहरू सञ्चालन गर्ने तथा समुदायस्तरमा जलवायु सचेतना विस्तार गर्ने अपेक्षा गरिएको छ । बैठकमार्फत सञ्जालको प्रदेशस्तरीय समिति समेत गठन गरिएको छ । समितिको संयोजकमा लखन लाल साह चयन भएका छन् । समितिका सदस्यहरूमा चन्द्रमणि गुरागाईं, किरण घिमिरे, रक्षा सिंह, लोक बहादुर बिष्ट, इन्द्र माया विश्वकर्मा, सुजाता कुमारी देव, अनिता खतिवडा, जामुना कोईराला सिग्देल, मालती विश्वकर्मा तथा सुमन कार्की रहेका छन् । विविध पृष्ठभूमिका व्यक्तिहरूको सहभागिताले सञ्जाललाई समावेशी र बलियो बनाउने विश्वास गरिएको छ ।
सञ्जाल गठनको बैठक क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले सहजीकरण गरेका थिए । उनले जलवायु संकटको वर्तमान सन्दर्भमा यस्ता सञ्जालहरूको आवश्यकता झन् बढ्दै गएको उल्लेख गर्दै कोशी प्रदेशमा प्रभावकारी जलवायु अभियानको सुरुवातका रूपमा यस सञ्जाललाई महत्वपूर्ण कदमका रूपमा वर्णन गरे ।
क्लिन अप नेपालले कोशी प्रदेशस्तरीय जलवायु कार्य र न्याय सञ्जालमा नियुक्त सबै सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । सञ्जालले आगामी दिनमा नीति वकालत, क्षमता अभिवृद्धि, जनचेतना अभियान र सहकार्यमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै स्वच्छ, हरित र न्यायपूर्ण कोशी प्रदेश निर्माणमा योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  २०:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP