नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • महिलाहरूले निर्वाचनलाई अधिकार प्राप्तिको अवसर बनाउनुपर्दछः इश्तियाक राई
महिलाहरूले निर्वाचनलाई अधिकार प्राप्तिको अवसर बनाउनुपर्दछः इश्तियाक राई
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ २४, २०८२ बागेश्वरी पोस्ट
महिलाहरूले निर्वाचनलाई अधिकार प्राप्तिको अवसर बनाउनुपर्दछः इश्तियाक राई

नेपालगञ्ज । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले महिलाहरूलाई स्वतन्त्ररूपमा आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका छन् । महिलालाई समान अधिकार दिलाउने र सशक्तिकरण गर्ने सवालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन महत्वपूर्ण अवसर भएको हुँदा महिलाहरूले यो अवसरलाई खेर जान दिन नहुने राईको भनाई थियो । नेकपा एमाले क्षेत्र नम्बर २ को महिला निर्वाचन परिचालन कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको बृहत महिला भेलामा उम्मेदवार राईले समान हक अधिकार प्राप्तिका लागि महिलाहरू स्वयं चनाखो हुनुपर्ने बताएका थिए ।
 
प्रतिनिधिसभा सदस्यहरू खासगरी कानुन, नीति नियम बनाउने र भौतिक पूर्वाधार निर्माणमा केन्द्रित हुने भएको जानकारी दिँदै राईले आफू विजयी भएमा विगतमा आफूले कानुन र पूर्वाधार निर्माणमा हासिल गरेको अनुभवले थप उल्लेख्य काम गर्न सक्ने दाबी गरे । भेरी अस्पतालको सेवा-सुविधा विस्तारलाई आफ्नो प्रमुख चुनावी मुद्दा बनाएका एमाले उम्मेदवार राईले आफू प्रतिनिधिसभा सदस्य नहुँदा समेत बाँकेमा स्वास्थ्य सेवा सुदृढ बनाउन सक्रिय भएको जानकारी दिए । उनले प्रदीप यादव स्वास्थ्य मन्त्री हुँदा आफूले करिब सवा ३ अर्बको योजना भेरी अस्पतालका लागि पारेको भए पनि पछि यादव स्वस्थ्य मन्त्रीबाट हटेपछि त्यो कार्यान्वयनमा आउन नसकेको बताए ।

भेरी अस्पतालको सुविधा विस्तार गरेरै छाड्ने दृढता व्यक्त गरेका राईले भने, ‘मन्त्री छँदा भेरी अस्पतालमा नयाँ भवनहरू बनाउन सकें। अब त्यहाँ पर्याप्त दक्ष जनशक्तिको व्यवस्था गर्ने हो । र,  सेवासुविधा पनि विस्तार गर्ने हो ।’  यसैबीच आजै उम्मेदवार राईले नेपालगञ्ज वडा नम्बर १८ मा पुगेर मतदाताहरूसँग भेटघाट गरेका छन् । 


प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  २०:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP