नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'कांग्रेस जेन-जीको भावनालाई सम्बोधन गरेर देश निर्माणमा लगाउन चाहन्छ' : अमर सिंह पुन
'कांग्रेस जेन-जीको भावनालाई सम्बोधन गरेर देश निर्माणमा लगाउन चाहन्छ' : अमर सिंह पुन
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ २४, २०८२ बागेश्वरी पोस्ट
'कांग्रेस जेन-जीको भावनालाई सम्बोधन गरेर देश निर्माणमा लगाउन चाहन्छ' : अमर सिंह पुन

नेपालगञ्ज । बाँके क्षेत्र नम्बर ३ का जेनजी युवाले वर्तमान अवस्थामा नेपाली कांग्रेसका उम्मेवार अमरसिंह पुनले नेपाली कांग्रेस जेनजी युवाको सपना पूरा गर्ने पार्टी भएको बताएका छन् । बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश सभापति पुनले उम्मेदवारी दिएका छन् । जेनजी युवा देखेको सपना पूरा गर्ने प्रतिवद्धता जनाउँदै पुनले भने, ‘म जेनजी युवालाई स्पष्ट पार्न चाहन्छु, यहाँ जेनजीको मर्म र मुद्दालाई गलत ठाउँमा प्रयोग गर्ने प्रयास गरिएको छ । जेनजीको जोश र उत्साह देशको समृद्धिको लागि, विकासको लागि प्रयोग हुनुपर्छ ।’ 

जेनजी आन्दोलनलाई गलत रुपमा प्रयोग गर्ने प्रयास भइरहेको बारेमा जेनजी सचेत हुनु जरुरी रहेको पुनले बताए । उनले भने, ‘देशभरका सरकारी कार्यालय र कागजात जलेर नष्ट भए । महत्वपूर्ण संरचना ध्वस्त भएका छन् । धेरै सरकारी कार्यालय जल्दा जनताले नै दुःख पाउनु परेको छ । युवा जेनजीले उठाएका सकारात्मक मुद्धालाई पनि दबाउने प्रयास गरिएको छ । कांग्रेस जेनजीको भावनालाई सम्बोधन गरेर उहाँहरुको शक्तिलाई देश निर्माण लगाउन चाहन्छ ।' जेनजी युवालाई आफ्नो बारेमा आफ्नो धारणा सार्वजनिक गरेकोमा धन्यवाद दिँदै पुनले बाँके क्षेत्र नम्बर ३ को अधुरा योजनालाई पूरा गर्दै यस क्षेत्रको समग्र विकासमा इमानदारितका साथ काम गर्ने बताए ।

सो क्रममा उपस्थित जेनजी युवाहरुले पुनलाई विजयी गराउनुपर्ने बताए । बदलिँदो परिस्थितिमा बाँके क्षेत्र नम्बर ३ को समृद्धि र विकासको लागि पुनलाई विजयी गराउन आवश्यक रहेको धारणा जेनजी युवाले सार्वजनिक गरेका हुन् । खजुराका आदित्य सुनारले बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेताले थुप्रै विकास निर्माणका योजना सम्पन्न गरेकाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस उम्मेदवार पुनलाई विजयी गराउनुपर्ने धारणा व्यक्त गरे । जेनजीको भावनालाई समेटेर काम गर्न सक्ने पार्टी कांग्रेस भएकोले पुनलाई विजयी गराउनुपर्ने उनले बताए ।

आदित्यले भने, ‘नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर र बादशाह कुर्मीले थुप्रै विकास निर्माणका कामहरु गर्नुभयो । उहाँको कार्यकालमा आर्थिक सुशासन र विकास निर्माणको क्षेत्रमा थुप्रै सकारात्मक काम भएका छन् ।’ अर्का जेनजी युवा सौरभ रानाले आफूहरुको रोजाईको नेता अमरसिंह पुन भएको बताए । जेनजी आन्दोलनको मर्मलाई सम्बोधन गर्न सक्ने पार्टी कांग्रेस भएको उनले बताए ।


प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  २१:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP