नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, जेठ ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले कुनै पनि धर्म, समुदायमाथि विभेद गर्दैनः कोइराला 
कांग्रेसले कुनै पनि धर्म, समुदायमाथि विभेद गर्दैनः कोइराला 
बागेश्वरी पोस्ट
शनिबार, माघ २४, २०८२ बागेश्वरी पोस्ट
कांग्रेसले कुनै पनि धर्म, समुदायमाथि विभेद गर्दैनः कोइराला 

नेपालगञ्ज । धार्मिक सहिष्णुता कायम गराउनमा जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुने नेपालगञ्जका शिख र इसाई समुदायका अगुवाले बताएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित हुने भावी सांसदबाट यो कुराको अपेक्षा गरिएको उनीहरुको भनाई छ ।  धार्मिक हिसाबले अत्यन्तै संवेदनशील रहेको नेपालगञ्ज क्षेत्रमा विगतका दिनमा राजनीतिक फाइदा लिन खोज्ने ब्यक्तिको भूमिकाले धेरैलाई चिन्तित बनाएको ती अगुवाले बताएका छन् । बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालासँग शनिबार भएको छुट्टा–छुट्टै भेटघाटका क्रममा शिख र इसाई धर्मका अगुवाहरुले सबै धर्मलाई समान रुपले हेर्ने सांसदको आवश्यकता महसुस आसन्न चुनावमा गरिएको बताए । नेपालगञ्जको वीपी चोक नजिक रहेको गुरुद्वारामा आयोजित भेटघाटमा उक्त संस्थाका कोषाध्यक्ष हरिपाल सिंह, समुदायका अगुवा अमरजित सिंह, चरण जित सिंह लगायतले काँग्रेसका उम्मेदवार कोइरालाबाट आफूहरुलाई सहयोग हुने अपेक्षा गरेको बताए ।  

‘तपाईं युवा उम्मेदवार हुनुहुन्छ, पहिलो पटक चुनावी मैदानमा उत्रिनु भएको छ, जनताले फैसला गर्ने परीक्षामा तपाईं सामेल हुनुहुन्छ, तसर्थ तपाईंलाई जितको लागि अग्रिम शुभकामना छ,’ सिंहले भने । उनीहरुले आफ्नो समुदायको महान चार्ड गुरु नानक जयन्तीका दिन नेपाल सरकारले सार्वजनिक विदा दिने नीतिगत ब्यवस्थाका लागि आवश्यक पहल गरिदिन कोइरालासँग आग्रह गरेका थिए । नागरिकता, लाइसेन्स जस्ता सरकारी प्रमाणपत्र बनाउने क्रममा अनेक झण्झट ब्यहोर्नु परेको गुनासो पनि उनीहरुले गरे । यस्तै शनिबार नै नेपालगन्ज–१२, कोरियनपुरस्थित ज्योति निवास चर्चमा आयोजित भेटघाटका क्रममा उपस्थित भएका इसाई समाजका अगुवाले बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले सक्षम, क्षमतावान र बेदागी ब्यक्तिलाई उम्मेदवार बनाएको भन्दै कोइरालालाई अग्रिम शुभकामना दिए । उनीहरुले धार्मिक एकतालाई मजबुत हुने गरी काम गर्न पनि अनुरोध गरे । सो क्रममा चर्चका पास्टर डम्बर थापा लगायतले कोइरालालाई स्वागत तथा सम्मन गरेका थिए । 

दुबै ठाउँको भेटघाटका क्रममा कोइरालाले नेपाली कांग्रेसले सबै धर्मलाई समान ब्यवहार गर्ने गरेको बताए । कांग्रेसले कुनै पनि धर्म, समुदायमाथि विभेद नगर्ने उनले प्रष्ट्याए । आफूले सबै धर्म, समुदायका लागि अभिभावक बनेर काम गर्ने प्रतिवद्धता जनाए । यहाँको धार्मिक सद्भावलाई बलियो बनाएर राख्न निर्वाचित भएपछि आफुले नेतृत्वकारी भूमिका निभाउने कोइरालाले वचन दिए । आफूलाई यो चुनावमा हरेक धर्म, समुदायबाट आशीर्वाद मिलिरहेको उनले सुनाए । उम्मेदवार कोइरालाले शनिबार नै डुडुवा गाउँपालिका वडा नम्बर ५ का मतदाता, नेपालगञ्जमा शिक्षक संघ, कुर्मी समुदायसँग भेटघाट गरेका छन् । यसैगरी नेपालगन्ज–४ गणेशपुरमा नेपाली कांग्रेसको प्रचार कार्यालय उद्घाटन कार्यक्रममा पनि उनी सहभागी भएका छन् ।


प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP