नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • रुखमै भोट हाल्ने वातावरण बनेपछि कार्यकर्ताहरु उत्साहित छन्ः गौडेल
रुखमै भोट हाल्ने वातावरण बनेपछि कार्यकर्ताहरु उत्साहित छन्ः गौडेल
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २७, २०८२ बागेश्वरी पोस्ट
रुखमै भोट हाल्ने वातावरण बनेपछि कार्यकर्ताहरु उत्साहित छन्ः गौडेल

नेपालगन्ज । नेपाली काँग्रेस बाँकेका सभापति तथा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले लामो समयपछि काँग्रेसी कार्यकर्ता तथा मतदातामा नयाँ उत्साह पैदा भएको बताएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका क्रममा निर्वाचन परिचालन तथा प्रचारप्रसार मूल समितिले नेपालगन्जमा आयोजना गरेको बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्र सकारात्मक वातावरण निर्माण भएको बताएका हुन् । गौडेलले अहिलेको राजनीतिक परिस्थिति काँग्रेसका लागि अनुकूल बनेको उल्लेख गर्दै पार्टीप्रति जनविश्वास पुनः स्थापित भइरहेको दाबी गरे ।

“लामो समयपछि काँग्रेसीले रुखमै भोट हाल्ने अवस्था बनेको छ । यसले काँग्रेसी कार्यकर्ता मात्र होइन, आम जनतालाई समेत उत्साहित बनाएको छ,” उनले भने। पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीभित्र देखिएको एकता तथा सक्रियताले कार्यकर्तामा आत्मविश्वास बढाएको उनको भनाइ छ छ । उनले काँग्रेसले जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखिने बताए । “हामी भ्रष्टाचारमुक्त समाज निर्माण गर्नेछौं। विधिको शासन कायम गरिनेछ,” गौडेलले भने । देशलाई सही मार्गमा अघि बढाउन काँग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको उनको भनाई थियो । उनले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा लोकतान्त्रिक मूल्य र मान्यतालाई मजबुत बनाउन काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए । “देशमा सुशासन, पारदर्शिता र विधिको शासन कायम गर्न काँग्रेस नेतृत्वको सरकारको विकल्प छैन,” उनले स्पष्ट पारे ।

पार्टी नेतृत्वमा आएको परिवर्तनले काँग्रेसलाई नयाँ ढंगले अघि बढाएको गौडेलको भनाई छ । उनले पार्टीका महामन्त्री गगनकुमार थापा सभापति बनेपछि काँग्रेसको कार्यशैली र सोचमा परिवर्तन आएको उल्लेख गरे । “गगनकुमार थापा सभापति बनेपछि काँग्रेस बदलिएर आएको छ,” उनले भने । गौडेलले आगामी निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै कार्यकर्तालाई एकताबद्ध भएर निर्वाचनमा जुट्न आह्वान गरे । उनले काँग्रेसले जनताको अपेक्षा अनुरूप नीति तथा कार्यक्रम अघि बढाउने विश्वास व्यक्त गरे । भेलालाई काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गोपाल दहित, लुम्विनी प्रदेशका सभापति अमरसिंह पुन, उपसभापति तथा निर्वाचन परिचालन प्रचारप्रसार म्रल समितिका संयोजक राजु खनाल, काँग्रेस बाँकेका सचिव तथा क्षेत्र नम्बर २ का उम्मेदवार सुधान्शु कोइराला लगायले सम्वोधन गरेका थिए । कार्यक्रम पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने सचिव सञ्जु कुमारी थारुले सञ्चालन गरेकी थिइन् ।


प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP