नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन ३, २०८२ बागेश्वरी पोस्ट
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 

नेपालगन्ज । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला आइतबार दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त भएका छन् । कोइरालाले महाशिवरात्री पर्वको अवसरमा विभिन्न मन्दिरहरुमा पुगेर पुजापाठ गर्दै उपस्थित भक्तजनलाई भेटघाट गरे ।

उम्मेदवार कोइरालाले आइतबार अपरान्ह नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझाँमा रहेको गायत्री मन्दिर, पशुपति मन्दिर, नरबदेश्वर, शिव सन्तोषी, खाटुश्याम, गधैंसिंह सरदार मन्दिरको दर्शन गरेका थिए । सो क्रममा उम्मेदवार कोइरालाले उपस्थित भक्तजनहरुलाई सहयोग गर्न अपील गरे । ‘आगामी फागुन २१ गतेको निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार भई तपाईंहरुको आशिर्वाद ग्रहण गर्न आएको छु, आशा एवम् विश्वास छ, मलाई हजुरहरुले विजयी गराएर संसदमा पठाउनुहुनेछ,’ उनले भने ।

आफूले भ्रष्टाचारका विरुद्ध सडक र सदनमा आवाज उठाइरहने र बाँकेको विकासका लागि नेतृत्व गर्ने प्रतिवद्धता जनाए । उम्मेदवार कोइरालाले आइतबार बिहान नेपालगन्जको बागेश्वरी मन्दिर, जुँगे महादेव मन्दिर, डुडुवा ५ पदमपुरमा रहेको शिव मन्दिरको पनि दर्शन गरेका थिए । यस्तै आइतबार बिहान ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगन्जको कार्यक्रममा सहभागी भएर आशिर्वाद ग्रहण गरे । युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदी लगायतले आशिर्वाद दिए ।

मन्दिरहरु दर्शनसहित कोइरालाले विभिन्न संघ, संस्था, क्लबका पदाधिकारीलाई पनि भेटघाट गरेको नेपाली कांग्रेस प्रतिनिधि सभा बाँके क्षेत्र नम्बर २ को प्रचारप्रसार सचिवालयले जनाएको छ ।


 


प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  २०:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP