नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जेन्जी आन्दोलनको सकारात्मक मर्मलाई कांग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन
जेन्जी आन्दोलनको सकारात्मक मर्मलाई कांग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन
बागेश्वरी पोस्ट
आइतबार, फागुन ३, २०८२ बागेश्वरी पोस्ट
जेन्जी आन्दोलनको सकारात्मक मर्मलाई कांग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन

खजुरा (बाँके) । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले जेन्जी आन्दोलनको मर्मलाई ओझेलमा पारेर आफ्ना निहित स्वार्थ पूरा गर्ने शक्ति नेपाली राजनीतिमा हाबी हुने प्रयास गरिरहेको बताएका छन् । जेन्जी आन्दोलनमा घुसपैठ गरेर युवाहरुको मागलाई अल्मल्याउने काम भइरहेको बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका पुनले बताए । युवालाई सम्बोधन गर्ने क्रममा पुनले देशको वास्तविक समस्या समाधान गर्ने सामथ्र्य नेपाली कांग्रेसमा भएकोले युवालाई आसन्न प्रतिनिधि सभा निर्वाचनमा विवेकपूर्ण निर्णय गर्न पुनले आग्रह गरेका छन् ।

उहाँले भने,‘जेन्जीका सकारात्मक मागलाई पन्छाउन खोज्ने, घुसपैठ गर्ने शक्ति, देश जलाउने वातावरण बनाउने शक्ति पनि हामीसँग निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । हामी हाम्रा सबै आन्तरिक समस्यालाई व्यवस्थापन गरेर देशको नेतृत्व गर्ने शक्ति बन्नुपर्नेछ ।’नेपाली जनताको अधिकारलाई स्थापित गर्न कांग्रेसका थुप्रै नेताले बलिदानी दिएको प्रसँगबारे बताउँदै नेता पुनले जेन्जी आन्दोलनको सकारात्मक पक्षलाई आत्मसाथ गरेर कांग्रेस देश निर्माणमा लाग्ने प्रष्ट पारे ।

जेन्जी युवाले खोजेको रोजगारी र समृद्धिको सपना पूरा गर्ने संकल्पसहित नेपाली कांग्रेस अगाडि बढिरहेकोले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई मतदान गर्न आम मतदातालाई पुनले अपील गरे । बाँके क्षेत्र नम्बर ३ को समग्र विकासको लागि आफूले इमान्दारिताका साथ काम गर्ने पुनले प्रतिवद्धता समेत जनाएका छन् । उनले भने, ‘हाम्रा हरेक क्षेत्रका आ–आफ्ना समस्या र विशेषता छन् । बाँके क्षेत्र नम्बर ३ आफैंमा समृद्धिको सपना देखेर अगाडि बढिरहेको क्षेत्र हो । यस क्षेत्रका धेरै समस्या राज्यले नीतिगत रुपमा सुधार गर्नुपर्नेछ । त्यसको लागि म र मेरो पार्टीले नेतृत्व गर्ने विश्वास दिलाउन चाहन्छु ।’

बाँके क्षेत्र नम्बर ३ को नेपाल–भारत सीमावर्ती क्षेत्रका जनताको समस्यालाई राष्ट्रिय एजेन्डाको रुपमा सम्बोधन गर्ने वातावरण निर्माणको लागि आफूले पहल गर्ने पुनले बताए । नेपाल भारत सीमावर्ती क्षेत्रका जनताको जमिन बैंकले धितो नराख्ने समस्या छ । जसको लागि आफूले राज्यलाई नीतिगत रुपमा सम्बोधनको लागि दबाब दिने उनले बताए ।


प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  २०:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP