नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन् !
बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन् !
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ५, २०८२ बागेश्वरी पोस्ट
बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन् !

नेपालगञ्ज, फागुन ५ । ४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । अब्बल राजनीतिक संस्कारमा हुर्किएका शुधान्सु मृदुभाषी, सरल र सहज पनि छन् । कठोर, संघर्षपूर्ण र नेतृत्वदायी राजनीतिक विरासत बोकेको गौरबशाली कोइराला परिवारका सदस्य शुधान्सु २०३८ सालमा नेपालगञ्जमा जन्मिए । नेपालगञ्जमै हुर्के बढेका कोइराला त्यस्ता भाग्यमानी पात्र हुन्, जसले सहोदर ठूलो-बुवा, बुवा र आमाबाट राजनीतिकरुपले दिक्षित हुने अवसर पाए । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सानिध्यतामा राजनीतिक संस्कार सिकेका शुधान्सु आँखामा सपना र मनमा अठोट बोकेर हिँडेका जोशिला युवा हुन् ।

बुवा स्वर्गीय डा. अरुण कोइराला र आमा किरण कोइरालाका सुपुत्र शुधान्सु, २०७० मा सक्रिय राजनीतिमा होमिए । शुधान्सु त्यस्ता सुपुत्र हुन् जसले आमाबुवा दुबैले बाँके कांग्रेसको नेतृत्व गरेको हेरे, अनुभूत गरे र त्यही पदचापलाई पछ्याउँदै राजनीतिक रुपमा अघि बढे ।  बैंकका जागिरे कोइराला पारिवारिक राजनीतिक लय समाउँदै 'पूर्णकालीन राजनीतिक' मैदानमा होमिएका हुन् । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनपछि गठन भएको सरकारको नेतृत्व तत्कालीन कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाले सम्हालेपछि उनी सचिवालयमा खटिए । त्यहीँबाट राजनीतिक उडान भरेका कोइराला निरन्तर अघि बढिरहेका छन् । सुरुमा तरुण दलमा आबद्ध कोइरालाको लोकप्रियता १३औं महाधिवेशनमा मापन भयो, जसबाट उनी सर्वाधिक लोकप्रिय मतका साथ जिल्ला कार्यसमितिमा प्रवेश भए । जिल्ला सदस्य भएपछि नेता कार्यकर्तासंगको सम्बन्ध र सम्पर्कलाई मूल मन्त्र बनाएर अघि बढेका कोइराला १४औं महाधिवेशनमा सचिव निर्वाचित भए । त्यसपछि उनको राजनीतिक एवम् सांगठनिक गति अझ तेज बनेर गयो ।

तरुण दलको पार्षद बनेर अघि बढेका शुधान्सु अब नेपालगञ्ज र डुडुवाको स्वर्णीम भविष्य कोर्न जनप्रतिनिधि बन्ने हुटहुटीका साथ प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँ अनुहारका रुमपा उनी आएका छन् । नेपाली कांग्रेस विशेष महाधिवेशनपछि नयाँ नेतृत्वसहित सुधारिएर आएपछि कोइराला जस्ता थुप्रै युवा नेताहरुले पनि अवसर पाएका छन् । अग्रजलाई सम्मान र अनुजलाई प्रेमभाव प्रकट गर्न सिपालु कोइराला नेपालगञ्ज क्षेत्रका सम्भावना बोकेका जुझारु नेता हुन् । बेदाग कोइराला संस्कारी त छन् नै, आत्मविश्वासी पनि छन् । समाजशास्त्रमा स्नातकोत्तर कोइराला संसदीय राजनीतिको अनुभव बटुल्दै जनसेवाको दायरालाई फराकिलो बनाउन जनतामाझ छन् । वीपी अध्ययन प्रतिष्ठान नेपाल बाँकेका अध्यक्ष समेत रहेका कोइराला नेपालगञ्ज र डुडुवाको विकास र समृद्धिमा आफ्नो राजनीतिक भविष्य देख्छन् ।

जनतालाई जनार्दन ठान्ने कोइराला जनताको सुखदुःखमा सधैं संगसंगै हुन्छन् । "मलाई विश्वास छ, मतदाताले मलाई रोज्नुहुन्छ, मलाई रोज्दा उहाँहरुलाई पछुतो हुनेछैन, जनताको विश्वास र भरोसा टुट्न दिँदैन" । उन्नत लोकतन्त्र र संविधानका लागि साढे सात दशकदेखि निरन्तर लड्दै आएको ऐतिहासिक र जिम्मेवार पार्टीको एक सदस्य हुन पाउँदा आफू गौरबान्वित भएको कोइराला बताउँछन् । स्वर्गीय सुशील कोइरालाको निष्ठा र इमानयुक्त राजनीतिक पुँजीले सिञ्चित परिवारको सदस्य हुनुमा पनि उनी गौरब गर्छन् । शुधान्सु भन्छन्, "सुशील बुवाको निर्वाचन क्षेत्रमा चुनाव लडेर जनताको सेवक बन्ने अवसर पाएको छु, आम मतदातालाई किञ्चित निराश बनाउँदैन ।" सामाजिक र सांस्कृतिक क्रियाकलापहरुमा सहजै सरिक हुने कोइराला क्षेत्र नम्बर २ बासीका लागि नयाँ नाम होइन ।

 


प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP