नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्दछ'
'निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्दछ'
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ५, २०८२ बागेश्वरी पोस्ट
'निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्दछ'

नेपालगञ्ज । निर्वाचनलाई स्वतन्त्र र पारदर्शी बनाउन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्ने बताइएको छ । राष्ट्रिय समाचार समिति (रासस) को ६५औं वार्षिकोत्सवको अवसरमा रासस नेपालगञ्ज कार्यालयको आयोजनामा मङ्गलवार नेपालगञ्जमा आयोजित “निर्वाचन आचारसंहितामा सञ्चार” विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र पारदर्शी बनाउन निर्वाचन आचारसंहिता महत्वपूर्ण कडी रहेको उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्नेमा जोड दिए । “बाँकेमा अहिलेसम्म सञ्चारमाध्यम लगायत सबै तहबाट आचारसंहिता पालना सन्तोषजनक रहेको छ, आगामी दिनमा पनि थप जिम्मेवार हुने अपेक्षा गरेका छौं”, गुरुङले भने, “निर्वाचन आचारसंहिता उम्मेदवारदेखि मतदातासम्मले पालना गर्नुपर्छ, सञ्चारमाध्यम अझ संवेदनशील हुन आवश्यक छ ।” सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले राससले आफ्नो वार्षिकोत्सवका अवसरमा निर्वाचन आचारसंहिताको सवालमा सञ्चारकर्मी र सरोकारवाला निकायबीच अन्तरक्रिया गरेर सराहनीय कार्य गरेको बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईले निर्वाचन आचारसंहिता पालनामा सञ्चारकर्मी र सञ्चारमाध्यम जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले पत्रकार महासंघले पनि निर्वाचन आचारसंहिता पालनामा पत्रकारहरुलाई आवश्यक निर्देशन दिँदै आएको उल्लेख गरे ।  नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले निर्वाचन आचारसंहिता निर्वाचनको महत्वपूर्ण अबयब भएकाले पत्रकार र सञ्चारमाध्यम जिम्मेवार हुनुपर्ने बताए ।  “कसैले गल्ती गर्दा प्रश्न उठाउने पत्रकार निर्वाचन आचारसंहितामा संवेदनशील हुनुपर्छ”,अध्यक्ष गिरीले भने,“मिडियालाई निर्वाचनमा उपयोग भएर समाजलाई दिग्भ्रमित बनाउने छुट छैन, कुनै दल वा स्वार्थ समूहको चङ्गुलमा पर्नु हुँदैन ।”

नेपालगञ्जका नागरिक अगुवा प्रकाश उपाध्यायले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन निर्वाचन आचारसंहिता अनिवार्य तत्व रहेको उल्लेख गर्दै सञ्चारमाध्यमले पनि निष्पक्ष रुपमा सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए । रासस नेपालगञ्ज कार्यालय प्रमुख युवराज पाण्डेले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भएकोले राससको स्थापना दिवसको अवसरमा निर्वाचन आचार संहितामा सञ्चार विषयक कार्यक्रम आयोजना गरिएको बताए । 


 


प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  २०:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP