नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, फागुन ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गौडेलः संघर्ष, संगठन र सेवाबाट खारिएको नेतृत्व
गौडेलः संघर्ष, संगठन र सेवाबाट खारिएको नेतृत्व
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन ६, २०८२ बागेश्वरी पोस्ट
गौडेलः संघर्ष, संगठन र सेवाबाट खारिएको नेतृत्व

कोहलपुर । राजनीतिक नेतृत्वमा नभई नहुने गुण हुन्– सैद्धान्तिक स्पष्टता, निरन्तरता र इमान्दारिता । तर, पछिल्लो चरण यी गुण विरलै पाइन्छ । विरलै गुण पाइने व्यक्ति मध्यका एक हुन् –नारायण प्रसाद गौडेल । नेपाली काँग्रेसको राजनीतिक यात्रामा गौडेलको पार्टीप्रतिको लगाव, निष्ठा, संघर्ष, सक्रियता र सेवा जस्ता कैयन विशेषता र स्वभावहरु लोभलाग्दा छन् । संगठनप्रतिको निष्ठाको प्रतीकका रूपमा पनि उनलाई सम्झिने गर्छन् । लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहँदै पार्टी संगठन सुदृढीकरण र समाज सेवामा अविचलित योगदान दिँदै आएका गौडेल अहिले जनताको भरोसाको प्रतिनिधि बनेर उभिएका छन् । नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेल बाँके क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि प्रतिष्पर्धामा छन् । 

वि.सं. २०२१ सालमा पर्वत जिल्लामा जन्मिएका गौडेल हाल कोहलपुर नगरपालिका–३ मा स्थायी बसोबास गर्दै आइरहेका छन् । बाल्यकालदेखि नै सामाजिक न्याय, समानता र लोकतान्त्रिक मूल्यप्रति आकर्षित उनी कलिलो उमेरमै समाजसेवा र राजनीतिमा सक्रिय बने । यही चेतना र प्रतिबद्धताले उनलाई नेपाली कांग्रेसको संगठनभित्र स्थापित नेतृत्वको रूपमा उभ्यायो । वि.सं. २०४६ सालमा नेपाली कांग्रेसको साधारण सदस्य बनेका गौडेल २०४८ सालमा क्रियाशील सदस्य हुँदै औपचारिक राजनीतिक यात्रामा प्रवेश गरे । यहीँबाट सुरु भएको उनको यात्रा निरन्तर संघर्ष, जिम्मेवारी र संगठन निर्माणको उदाहरणीय इतिहास बनेको छ । उनले नेपाली कांग्रेसको प्रचारप्रसार समिति सदस्य (क्षेत्र नं. १ – २०५६), क्षेत्रीय प्रतिनिधि (२०५७), जिल्ला सदस्य (२०५७–२०५८), विकास शाखा बाँके संयोजक (२०५८), माओवादी पीडित अभिलेख उप–समिति संयोजक, मध्यपश्चिम क्षेत्रीय आमसभा यातायात समिति संयोजक, इलाका नं. ४ बाँकेको अनुगमन संयोजक लगायतका महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरे ।

नेपाल तरुण दल कोहलपुरको स्थापना (२०५५–२०६०) मार्फत युवालाई संगठित गर्दै उनले पार्टीको जरा बलियो बनाउन महत्वपूर्ण भूमिका खेले । जिल्ला कार्यसमिति सह–सचिव (२०५९–२०६०) हुँदै उनी पार्टी संगठनको केन्द्रमा उभिए ।प्रतिगमन विरुद्धको जनआन्दोलन (२०५९–२०६३) का क्रममा उनले यातायात, झण्डा, माइक, पम्प्लेट, प्लेकार्ड व्यवस्थापन तथा आन्दोलनकारी समन्वयमा उप–संयोजक र क्षेत्रीय संयोजकको भूमिकामा अग्रपंक्तिबाट नेतृत्व गरे । जनआन्दोलन भाग–२ मा तत्कालीन सभापति स्व. सुशील कोइरालासहित आन्दोलनमा सक्रिय सहभागिता जनाएका गौडेल लोकतन्त्र स्थापनाका लागि जेल जीवन समेत भोग्न बाध्य भए ।

माओवादी संकटकालमा वि.सं. २०६१/१२/०२ देखि २०६२/०२/१७ सम्म तथा २०६२/१०/१४ देखि २०६२/११/१२ सम्म उनी जेल बन्दी रहे । आन्दोलनकै क्रममा तत्कालीन शाही नेपाली सेनाबाट अमानवीय कुटपिट र यातना सहँदै पनि उनी विचलित भएनन् । १० वर्षे सशस्त्र द्वन्द्वकालमा माओवादी पीडित बनेका गौडेलले नेपाली कांग्रेसको संगठन जोगाउन, कार्यकर्ताको संरक्षण गर्न र आम नागरिकको अभिभावकका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरे । २०५९ देखि २०६३ सम्म ११औँ महाधिवेशनबाट नेपाली कांग्रेस क्षेत्रीय सभापति, १२औँ महाधिवेशनबाट केन्द्रीय संगठन विभाग सदस्य तथा जिल्ला सदस्य, १३औँ महाधिवेशनबाट हालसम्म महासमिति सदस्य तथा जिल्ला सदस्य हुँदै उनी पार्टीको नीति, सिद्धान्त र संगठन निर्माणमा निरन्तर सक्रिय छन् । दोस्रो संविधान सभामा समानुपातिक उम्मेदवार तथा नेपाली कांग्रेस बाँकेको शिक्षा विभाग प्रमुख (२०७३) को जिम्मेवारी पनि उनले सफलतापूर्वक वहन गरे ।

राजनीतिसँगै सामाजिक सेवामा पनि गौडेलको योगदान उल्लेखनीय छ । नेपाल रेडक्रस सोसाइटी कोहलपुर उप–शाखाको सचिव हुँदै सभापति, जिल्ला शाखा सदस्य, ज्ञानोदय सामुदायिक पुस्तकालयका संस्थापक सदस्य, कोहलपुर बसपार्क सुधार समिति अध्यक्ष, साझा सहकारी संस्था, विद्यालय व्यवस्थापन, रेडियो कोहलपुर एफ.एम., सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुरका अध्यक्ष जस्ता थुप्रै संस्थामा उनले नेतृत्वदायी भूमिका निर्वाह गरे । हाल भने रेडक्रस र विद्यालय बाहेक अन्य संघ–संस्थामा उनी प्रतिनिधि छैनन् । उनले नेपाली कांग्रेसका अग्रज नेता स्व. शिवप्रसाद अर्यालको स्मृतिमा लेख, रचना तथा कविताको संग्रह प्रकाशन गर्दै वैचारिक योगदान पनि दिएका छन् । राष्ट्रिय रूपमा ५६ जिल्लाको भ्रमण गरेका गौडेलले भारत, चीन र अमेरिका भ्रमणमार्फत अन्तर्राष्ट्रिय अनुभव समेत हासिल गरेका छन् । लामो संघर्ष, अनुभव र निष्ठाका धरोहर गौडेलले क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिइरहँदा मतदाताहरु समेत उत्साही देखिएका छन् ।


प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ’: उम्मेदवार पुन
‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ’: उम्मेदवार पुन
कांग्रेसको प्रतिज्ञा-पत्र सार्वजनिक
कांग्रेसको प्रतिज्ञा-पत्र सार्वजनिक
कमरुद्दिन राईले भने, “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्” 
कमरुद्दिन राईले भने, “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्” 
बाँके-२ का एमाले उम्मेदवार राई प्रचार-प्रसारका लागि डुडुवामा
बाँके-२ का एमाले उम्मेदवार राई प्रचार-प्रसारका लागि डुडुवामा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP