नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन ७, २०८२ बागेश्वरी पोस्ट
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले देशको नीति राम्रो भएपछि मात्र देश र जनता समृद्ध हुने धारणा ब्यक्त गरेका छन् । महेन्द्र पुस्तकालय नेपालगन्जले बिहीबार आयोजना गरेको ‘एजेन्डा बहस कार्यक्रम’ मा आफ्नो धारणा राख्दै उनले मतदातालाई भेट्ने क्रममा आफूले उधारो र पूरा गर्नै नसकिने आश्वासन अहिले नबाँडेको बताए । ‘सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन,’ उनले भने, ‘सांसद भइसकेपछि सरकारसँग पहल गरेर आफ्नो क्षेत्रको विकासमा कसरी पहल गर्न सक्छौं, हामीले आफ्नो क्षेत्रका जनताको स्तर कसरी माथि उठाउन सक्छौं, विकास भनेको सडक र नाला मात्र होइन, मानवीय विकासमा पनि हामीले ध्यान दिनुपर्छ ।’

जनताले जनप्रतिनिधिको रुपमा निर्वाचित गरेर पठाइसकेपछि यही ठाउँका जनतासँग हातेमालो गरेर आफूले स्वास्थ्य, शिक्षा, कृषि, अपांगता, दलित, मधेसी, मुस्लिम लगायत समुदाय तथा क्षेत्रसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाए । बाँकेको क्षेत्र नम्बर २ अन्तरगत रहेका नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा विभिन्न समस्याहरु रहेको कुरा आफूले राम्रोसँग बुझेको भन्दै ती समस्यालाई समाधान गर्नका लागि आवश्यक पहल गर्ने विश्वास दिलाए ।  ‘नेपालगन्जमा फोहोर व्यवस्थापन, पार्किङ जस्ता समस्याहरु छन्, यी लगायत बाँकेको क्षेत्र नम्बर २ मा देखा परेका समस्यालाई समाधान गर्न एउटा ठोस नीति बनाउन आवश्यक छ,’ उम्मेदवार कोइरालाले थपे । बहस कार्यक्रमका सञ्चालकले राखेको प्रश्नको जवाफमा कोइरालाले आफूले नेता भन्दा पनि सेवक बनेर जनतको काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सुरुदेखि अन्तिम समयसम्म समय दिएर बसेका युवा उम्मेदवार कोइरालाले हरेक समस्याका पछाडि समाधान पनि रहेको बताए । अर्को प्रसंगमा उनले आफू सांसदमा निर्वाचित भएपछि जनताले खोज्न नपर्ने गरी सेवा दिने प्रतिवद्धता पनि जनाए ।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई वातावरणमैत्री बनाउन अधिकतम रुपमा रुख, विरुवा रोपेर शहरभित्र रहेका ताल, तलैयाहरु पनि संरक्षण गर्नुपर्ने धारणा ब्यक्त गरे । शिक्षा क्षेत्रका विषयमा उठेको प्रश्नको जवाफमा उम्मेदवार कोइरालाले कुल बजेटको २५ प्रतिशत जति बजेट छुट्याइयो भने शिक्षक दरबन्दी, शिक्षकले पाउने तलब बृद्धि, भौतिक संरचना निर्माण र शिक्षाको गुणस्तर सुधार गर्न सकिने बताए । ‘यो काम अब बन्ने सरकारले गर्नुपर्छ, यसका लागि हामी जोडदार रुपले आवाज उठाउनेछौं,’ उनले अगाडि थपे । 

यसैबीच नेपालगन्ज-१८ कारकाँदो क्षेत्रमा विहिबार विहान कोइरालाले घरदैलो गरेका छन् । 


प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP