नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन ७, २०८२ बागेश्वरी पोस्ट
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे

कोहलपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाँके क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) को पक्षमा कोहलपुर–१ मा सांस्कृतिक माहोलसहित जनसमर्थन अभिव्यक्त गरिएको छ । देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे सहितको टोलीले स्थानीयबीच चुनावी सन्देश प्रवाह गरेको हो ।

कोहलपुर–१ का स्थानीयवासीहरूले उत्साहपूर्वक देउडा खेलमा सहभागी हुँदै तारा चिन्हमा मतदान गर्ने प्रतिबद्धता जनाएका छन् । सांस्कृतिक परम्परासँगै चुनावी अपिल जोडिँदा कार्यक्रमले विशेष रौनक पाएको थियो । सहभागीहरूले यस पटक क्षेत्रको विकास र समावेशी नेतृत्वका लागि युवा उम्मेदवारलाई अघि सार्ने समय आएको बताएका छन् ।

स्थानीयहरूको भनाइमा हालसम्म कुनै लाभको पदमा नरहेका युवा नेता नरेन्द्र पाण्डेले स्वच्छ छवि र स्पष्ट भिजन प्रस्तुत गरेका कारण उनीप्रति विश्वास बढेको हो । कोहलपुरदेखि बिकट राप्तीसोनारी र नरैनापुरसम्म समग्र विकासका लागि पाण्डे उपयुक्त पात्र रहेको उनीहरूको धारणा छ ।

कोहलपुर–१ का स्थानीय वीर सिंह दमाईका अनुसार यस पटकको निर्वाचनमा बाँके–१ मा नरेन्द्र पाण्डे (जेम्स) को पक्षमा जनउभार देखिएको छ। उनले दलित, महिला, मधेसी तथा सबै समुदायको अधिकारका लागि लड्ने प्रतिबद्धता व्यक्त गर्दै तारा चिन्हमा मतदान गर्ने बताए । विगतमा विभिन्न प्रलोभनमा परेर अन्य दललाई मतदान गरिएको भए पनि यस पटक कुनै प्रलोभनमा नपरी आफ्नै विवेकले मतदान गर्ने उनको भनाइ छ ।

स्थानीयहरूका अनुसार आधुनिक कोहलपुरको स्पष्ट भिजन, राप्तीसोनारी र नरैनापुरको विकास तथा समृद्धिको ठोस मोडल प्रस्तुत गरेका कारण पाण्डे बलिया उम्मेदवारका रूपमा अघि बढेका छन् । सबै जातजाति, भाषा–भाषी र समुदायसँग आत्मीय सम्बन्ध स्थापित गर्न सफल भएको भन्दै उनीहरूले आगामी निर्वाचनमा नरेन्द्र पाण्डे (जेम्स) लाई विजयी गराउने अठोट व्यक्त गरेका छन् ।


प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  २०:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP