prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • विदेशबाट फर्कनेले हालखबर सोध्दै गाउँ डुल्न थालेपछि स्थानीय आतंकित
विदेशबाट फर्कनेले हालखबर सोध्दै गाउँ डुल्न थालेपछि स्थानीय आतंकित
banijya office
बागेश्वरी पोस्ट
बुधबार, चैत १२, २०७६ बागेश्वरी पोस्ट
विदेशबाट फर्कनेले हालखबर सोध्दै गाउँ डुल्न थालेपछि स्थानीय आतंकित

जनकपुरधाम । विभिन्न देशमा वैदेशिक रोजगारीमा गएका नेपालीहरु गाउँ घर फर्किएपछि अहिले गाउँघरका स्थानीय मानसिहरु आतंकित बनेका छन् । कतार, मलेसिया, दुबई, साउदी अरेबिया तथा भारतका विभिन्न राज्यमा गएका नेपाली नागरिकहरु फर्किएपछि गाउँ घरका मानिसहरु आतंकित भएका  हुन् ।

nepalgunj 081-082

फर्किने मानिसहरु आफ्नो घरमा समेत सेल्फ-क्वारेन्टाइनमा नबसेर गाउँ डुल्दै हालखबर सोध्न थालेपछि डर नलाग्ने कुरै भएन । फर्किनेहरुमध्ये अझ केहीलाई ज्वरो तथा रुघाखोकीको लक्षण देखा पर्न थालेपछि त गाउँमा तनावको वातावरण सिर्जना भएको छ ।

धनुषाको कमला नगरपालिका वडा नम्बर २ तेलियाहाका संजय मण्डल कतार एयरवेजको विमानबाट चैत्र ७ गते काठमाडौं अवतरण भएका थिए । वैदेशिक रोजगारीका लागि गएका उनी कतारबाट ७ गते काठमाडौँ अवतरण गरेपनि ९ गते मात्र आफ्नो गाउँ तेलियाहा आए । उनी घर फर्किएको १ दिन पछि १० गतेदेखि नै उनलाई ज्वरो तथा रुघाखोकी लाग्न थालेपछि गाउँका मानिसहरु आतंकित भए । खबर पाए पछि उनलाई चैत्र ११ गते टेम्पुमा चढाएर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याउन भन्दै लग्ने प्रयास गर्दा प्रहरीले रोकेको थियो ।

अनि कमला नगरपालिकाका स्थानीय रहेका नेकपाका केन्द्रीय सदस्य तथा पूर्वस्थानीय विकासमन्त्री रामचन्द्र झाले अस्पताल पुर्याउन पहल गरे पनि असफल भयो । गाउँकै प्रहरीले उनलाई टेम्पुबाट नजान भन्दै एम्बुलेन्समार्फत मात्र जान सकिने भन्दै रोके ।

उनलाई कोरोनाकै संक्रमण भएको भनेर एकिन नभए पनि कतारबाट फर्किएका कारण गाउँका मानिसहरु आतंकित भएका छन् । ‘मैले धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलालाई समेत फोन गरेर खबर गरें,’ झाले लोकान्तरसँग भने, ‘अहिले धनुषामा क्वारेन्टाइनको व्यवस्था नभएकाले फिर्ता गरिएको भनेर उहाँले जवाफ दिनुभयो ।’

त्यसपछि उनले उपप्रधानमन्त्री ईश्वर पोखरेलको सचिवालयका स्वकीय सचिव दिपेन्द्र श्रेष्ठलाई समेत एसएमएस गरेर जानकारी दिएको बताए ।

‘गाउँमा एम्बुलेन्स नै छैन, जनकपुरका धेरै एम्बुलेन्सलाई फोन गरेपनि कुनै पनि एम्बुलेन्स आएन,’ कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईतले भने, ‘तर आज बुधवार छिमेकी जनक नन्दिनी गाउँपालिकाको एम्बुलेन्समार्फत उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छु ।’

महोत्तरीमा पनि आतंक
महोत्तरीको लोहारपट्टी नगरपालिकाका विभिन्न गाउँमा पनि भारत र वैदेशिक रोजगारीबाट फर्किएका मानिसहरू खुलेआम हिंडडुल गर्दा स्थानीय आतंकित भएका छन् ।  स्थानीय आतंकित भएपछि नगरपालिकाका प्रमुख शैलेन्द्र कुमार यादवले प्रहरी, स्वास्थ्यकर्मी सहितको टोली लिएर, एम्बुलेन्ससहित चैत्र ११ गते साँझ विभिन्न गाउँमा पुगेर तापक्रम नाप्न लगाएका थिए ।

नगर प्रमुख यादवले दिएको जानकारी अनुसार लोहारपट्टी नगरपालिका वडा नम्बर ४ को खुट्टा गाउँमा ६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।  जसमध्ये भारतको मद्रासबाट फर्किएका रामक्लेश सदा र सुशील सदाको तापक्रम १ सय डिग्री फरेन्हाइट थियो ।

मद्रासबाट  फर्केका बाँकी मानिसहरु राम एकवाल सदाको ९९ डिग्री फरेन्हाइट, दिपक सदाको ९९ डिग्री फरेन्हाइट, सन्तोष माझीको ९९.६ डिग्री फरेन्हाइट तापक्रम थियो । कतारबाट फर्किएका राधेश्याम यादवको भने तापक्रम ९९ डिग्री फरेन्हाइट थियो । १० दिनअघि कतार एयरवेजबाट गाउँ फर्किएका लोहारपट्टी नगरपालिका वडा नम्बर १ बगराका पुरण दासको तापक्रम ९६ डिग्री फरेन्हाइट मात्र रहेको उनले जानकारी दिए ।

त्यसै गरी नगरपालिकाको वडा नम्बर ३ महदैया तपनपुरमा समेत साउदी अरेबियाबाट फर्किएका अमनुल्लाह, ओसिन राईन कबारी, कतारबाट फर्किएका समसुद्दिन राईनको समेत तापक्रम मापन गरिएको उनले बताए । सामान्य ज्वरो तथा मौसमी रुघा खोकीसमेत भएपछि गाउँका मानिसहरु आतंकित हुन पुगेको उनले बताए ।

‘विभिन्न देशबाट मानिसहरु गाउँघरमा फर्किएपछि स्थानीयहरु कोरोनाको त्रासका कारण  आतंकित भएका छन्,’ नगरप्रमुख यादवले भने, ‘मैले आफैं नेतृत्व गरेर स्वास्थ्यकर्मीसहितको टोली लिएर गाउँ गाउँमा पुगेर तापक्रम मापन गराउने काम शुरु गरेको छु ।’

नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अहिले फिभर क्लिनिकको रुपमा २४ घण्टा नै स्वास्थ्यकर्मी रहने गरी क्लिनिक संचालन गरेको उनले बताए । ‘त्यसका अतिरिक्त कोरोनाको लक्षण देखा परे लोहारपट्टीमै रहेको सहिद शिवचन्द्र मिश्रको आश्रममा २ शय्याको क्वारेन्टाइनको व्यवस्था मिलाएको  छु,’ नगर प्रमुख यादवले भने, ‘भोजन, खानेपानी, प्राथमिक उपचारसहितको व्यवस्था मिलाइएको उनले बताए ।’

थप समस्या भए प्रादेशिक अस्पताल जनकपुरमा पुर्याउन समेत एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको उनले बताए । लोकान्तरबाट


प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १४:४८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP