नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १८, २०८२ बागेश्वरी पोस्ट
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष

बाँके (डुडुवा) । नेपाली कांग्रेसले बाँके क्षेत्र नम्बर २ मा आफूहरु जित नजिक पुगिसकेको उद्घोष गरेको छ । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालासहित आज निकालिएको बृहत र्यालीपछि डुडुवा–२ सन्तलियामा आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्दै बोल्ने नेताहरुले आम मतदाताले नेपाली कांग्रेसलाई जिताउने संकेत देखाइसकेको भन्दै अब यो संकेतलाई परिणाममा बदल्नुपर्ने बताए ।

कांग्रेसले जित्दै गर्दा अहिले नै हौसिनुपर्ने अवस्था नरहेकाले फागुन २१ गते बेलुकासम्म आफ्नो सक्रियतालाई कायमै राख्नुपर्ने उनीहरुको भनाई छ । सभालाई सम्बोधन गर्दै उम्मेदवार कोइरालाले बाँके–२ मा नेपाली कांग्रेसको जित सुनिश्चित भइसकेको बताए । ‘बाँके क्षेत्र नम्बर २ मा हाम्रो जित सुनिश्चित भइसकेको छ, आज प्रचार–प्रसारको अन्तिम दिन हो, मैले यसवबीचमा धेरै आमाबुवा, दाजुभाई, दिदीबहिनी र युवा साथीहरुलाई भेट्ने प्रयास गरेको छु र उहाँहरुबाट आशीर्वाद लिने प्रयास गरेको छु, तर हामीसँग समय छोटो भएकाले एक लाख भन्दा बढी मतदाताहरु सबैलाई भेट्न सजिलो रहेनछ, त्यसैले नेपाली कांग्रेसको योगदानलाई सम्झेर नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरेर विजयी गराउनु हुन म यसै कार्यक्रममार्फत सार्वजनिक रुपमा अपिल गर्दछु,’ उनले भने ।

आफू निर्वाचित भएपछि बाँके क्षेत्र नम्बर २ बासीहरुसँगै समन्वय गरेर काम गर्ने प्रतिवद्धता दोहोर्याए । ‘म भ्रष्टाचार गर्नेछैन, सुशासन दिन्छु, यो क्षेत्रको कृषि, स्वास्थ्य, शिक्षा, पिछडिएको क्षेत्र, अपांगता, महिला लगायत समग्र क्षेत्रको विकासको लागि समन्वय गर्नेछु र यहाँको समस्यालाई संसदमा पुगेर आवाज उठाउनेछु,’ कोइरालाले भने । कांग्रेसले बाँकेको क्षेत्र नम्बर २ मा विगत १२ वर्षदेखि नेतृत्व नपाउँदा यहाँ ठूला विकासका कामहरु अलपत्र परेको उनको भनाई छ ।

नेपाली कांग्रेसले २००७ सालदेखि हालसम्म हरेक परिवर्तनको नेतृत्व गरेको स्मरण गर्दै उनले जेनजी आन्दोलनपछि पनि नेपाली कांग्रेसले नै आफूलाई परिवर्तन गर्ने पहिलो पार्टीका रुपमा चिनाएको बताए । ‘जेनजी आन्दोलनका क्रममा हाम्रो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का कलिला भाइहरु सुलभराज श्रेष्ठ र आयुष थापाले सहादत प्राप्त गर्नु भएको छ, उहाँहरुसहित जेनजी आन्दोलनका सम्पूर्ण सहिदहरुप्रति म श्रद्धाञ्जली ब्यक्त गर्दछु र परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,’ उनले भने ।

नेपाली कांग्रेस डुडुवा गाउँपालिका सभापति विजय यादवको सभापतित्वमा सम्पन्न भएको बृहत चुनावी सभालाई प्रमुख अतिथि एवम् नेपाली कांग्रेसका महासमिति सदस्य राजकुमार बर्माले सुशील कोइरालाले गरेका विकास योजनालाई देखाएर आफूले गरेको भन्दै कसैले जनतामाथि भ्रम सिर्जना गर्ने काम गरिरहेको बताए । नेपाली कांग्रेसले १२ वर्षसम्म बाँके क्षेत्र नम्बर २ मा नेतृत्व नपाएको भन्दै यस पटक जसरी भए पनि कांग्रेसलाई जिताउन उनले आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले डुडुवाले अहिलेसम्म ३ जना मन्त्री पाइसक्दा पनि गाउँपालिकाबासीले विकासको अनुभूति गर्न नपाएको बताए । जनतालाई झुटा आश्वासन बाँड्ने काम मात्रै उनीहरुले गरेको बताए ।

उक्त कार्यक्रमलाई नेपाली कांग्रेस बाँकेका पूर्व सभापति एवम् राष्ट्रिय सभाका सदस्य युवराज शर्मा, कांग्रेस नेतृ एवम् लुम्बिनी प्रदेश सभाका सांसद मिना बोहरा (सिद्धिकी) र सुशिला नेपाली (बादी), नेपाली कांग्रेस प्रदेश सभा–२ का अध्यक्ष एवम् जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, कांग्रेस नेता एवम् मुस्लिम अगुवा कादिर अन्सारी लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका निवर्तमान सभापति किरण कोइराला, पूर्व सांसद कैलाशनाथ कसौधन, लुम्बिनी प्रदेशका पूर्व सांसद मोहम्मद याकुव अन्सारी, कांग्रेस नेतृ एवम् डुडुवा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्यद्वय दिक्षा कोइराला र कृष्णा सापकोटा, कांग्रेस बाँकेका कोषाध्यक्ष यज्ञबहादुर बस्नेत लगायत नेता तथा कार्यकर्ता, सर्बसाधारण नागरिकहरुको उपस्थिथि रहेको थियो ।

बृहत चुनावी सभा अघि नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रचार–प्रसार समितिको आयोजनामा नेपालगन्जदेखि डुडुवा गाउँपालिकासम्म मोटरसाइकल सहितको बृहत र्याली निकालिएको थियो । र्यालीमा ठूलो संख्यामा युवाहरु सहभागी भएका थिए । नेपालगन्जस्थित रामलिला मैदानबाट सोमबार बिहान ११ बजेतिर सुरु भएको र्याली गणेशमान चोक, वीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक, कारकाँदो चोक, राँझा चोक हुँदै पुनः कारकाँदो, पुष्पलाल चोक हुँदै सहिद सेतु बिक चोक, न्युरोड, त्रिवेणीमोड, फुलटेक्रा हुँदै डुडुवा–२ सन्तलियामा पुगेर बृहत चुनावी सभामा परिणत भएको थियो ।


प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  २२:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके १ का तीन वटै पालिकामा कांग्रेसले निकाल्यो बृहत र्‍याली
बाँके १ का तीन वटै पालिकामा कांग्रेसले निकाल्यो बृहत र्‍याली
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष
‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’ - कोइराला
‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’ - कोइराला
अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP