नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’ को समिक्षा, दिगोपनामा जोड
विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’ को समिक्षा, दिगोपनामा जोड
बागेश्वरी पोस्ट
बुधबार, चैत ४, २०८२ बागेश्वरी पोस्ट
विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’ को समिक्षा, दिगोपनामा जोड

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका भित्रका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरूमा सञ्चालन गरिएको “शून्य फोहोर कार्यक्रम” प्रभावकारी देखिएको निष्कर्ष निकाल्दै यसको दिगोपनामा विशेष जोड दिइएको छ । बुधबार आयोजित समिक्षा कार्यक्रममा सहभागी सरोकारवालाहरूले कार्यक्रमले विद्यालयको वातावरणीय सुधार, फोहोर व्यवस्थापन प्रणालीको विकास तथा विद्यार्थीहरूको व्यवहार परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरेका छन् ।

द कोकाकोला फाण्डेशनको आर्थिक सहयोगमा बास नेपाल र स्वच्छ सफा नेपाल (क्लिन अप नेपाल) द्वारा सञ्चालित ग्रीन नेपालगञ्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत विद्यालयहरूमा लागू गरिएको शून्य फोहोर कार्यक्रमको समग्र उपलब्धि, सिकाई तथा चुनौतीबारे विस्तृत छलफल गरिएको थियो । समिक्षा कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाले कार्यक्रमले विद्यालय तहमा सचेतना अभिवृद्धि गर्दै सिकाईको महत्वपूर्ण आधार तयार गरेको बताए । सिक्ने चरण पूरा भएको र अब कार्यान्वयनलाई प्रभावकारी बनाउने समय आएको बताउँदै थापाले भने, “विद्यार्थीहरूले सिकेका व्यवहारिक ज्ञानलाई दैनिक जीवनमा लागू गर्नुपर्ने र शिक्षकहरूले त्यसलाई सहजीकरण गर्नुपर्ने तथा विद्यालय प्रशासनले कार्यक्रमलाई संस्थागत रूपमा अघि बढाउनुपर्ने देखिन्छ । थापाले उपमहानगरपालिकाको तर्फबाट आवश्यक नीतिगत तथा प्राविधिक सहयोग निरन्तर उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशीले शून्य फोहोर कार्यक्रमले बालबालिकामा सानैदेखि सरसफाई, वर्गीकरण र पुनःप्रयोग सम्बन्धि व्यवहारिक सीप विकास गराएको बताए । विद्यालयलाई सामाजिक परिवर्तनको आधार मान्दै यस्ता कार्यक्रमलाई दीर्घकालीन रूपमा अघि बढाउन विद्यालय र बिद्यार्थीको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाई थियो । समिक्षा कार्यक्रममा विद्यालयका प्रतिनिधिहरूले कार्यक्रमको प्रत्यक्ष प्रभावबारे अनुभव आदानप्रदान गरेका थिए । ज्ञान सागर माध्यमिक विद्यालयका प्रधानाध्यापक होमनाथ खड्काले कार्यक्रमले विद्यालयको फोहोर व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाउनुका साथै विद्यार्थीहरूमा जिम्मेवारी बोध विकास गरेको बताए । कार्यक्रमबाट सिकेको ज्ञानलाई ब्यवहारमा लागू गर्नु नै कार्यक्रमको प्रभावकारिता भएको बताउँदै उनले भने “पहिले फोहोर जताततै फालिने अवस्था थियो, अहिले विद्यार्थीहरूले आफैं वर्गीकरण गरी व्यवस्थापन गर्न थालेका छन् ।”

त्यस्तै, जय जनता माध्यमिक विद्यालय, थपुवाकी शिक्षिका शान्ति गौतमले कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक परिवर्तन ल्याएको उल्लेख गर्दै यसलाई निरन्तरता दिन विद्यालय स्वयंले नेतृत्व लिने प्रतिबद्धता व्यक्त गरिन् । उनले विद्यालयमा ‘शून्य फोहोर’ अवधारणालाई संस्कृतिका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याइन् । कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूहरूले सिकेका कुरालाई व्यवहारमा लागू गर्न थालेको अनुभव सुनाएका थिए । उनीहरूले प्लास्टिकको प्रयोग घटाउने, फोहोर छुट्याएर व्यवस्थापन गर्ने, पुनःप्रयोग र पुनर्चक्रणमा जोड दिने जस्ता अभ्यासहरू विद्यालय र घर दुबै स्थानमा अपनाउन थालेको बताएका थिए । यसले समुदायस्तरमा समेत सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाई थियो ।

बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले प्रस्तुतिकरणमार्फत कार्यक्रमको उद्देश्य, कार्यान्वयन प्रक्रिया, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराएका थिए । उनले कार्यक्रममार्फत विद्यालयहरूमा फोहोर व्यवस्थापनका संरचना निर्माण, विद्यार्थी र शिक्षकहरूको क्षमता अभिवृद्धि तथा व्यवहार परिवर्तनमा उल्लेखनीय प्रगति भएको बताएका थिए । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे स्पष्ट पारेका थिए भने कार्यक्रमको समापन बास नेपालकी केन्द्रीय महासचिव कल्पना अधिकारीले गरेकी थिइन् ।


प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’ को समिक्षा, दिगोपनामा जोड
विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’ को समिक्षा, दिगोपनामा जोड
आगलागी हुँदा पाँच घर जलेर ध्वस्त
आगलागी हुँदा पाँच घर जलेर ध्वस्त
इनिशा हत्याकाण्डका दोषीलाई कडा कारबाहीको माग गर्दै नेपालगञ्जमा प्रदर्शन
इनिशा हत्याकाण्डका दोषीलाई कडा कारबाहीको माग गर्दै नेपालगञ्जमा प्रदर्शन
क्यान्सर पीडित खडक बहादुर थापालाई आर्थिक सहयोग
क्यान्सर पीडित खडक बहादुर थापालाई आर्थिक सहयोग
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP