नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, चैत ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
बागेश्वरी पोस्ट
आइतबार, चैत ८, २०८२ बागेश्वरी पोस्ट
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत

नेपालगञ्ज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को कार्यसमिति बैठकले प्रतिनिधिसभा निर्वाचन २०८२ को समिक्षा तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्दै विभिन्न निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको छ । क्षेत्रीय सभापति पोषण केसीको अध्यक्षतामा सम्पन्न बैठकपछि उनले निर्वाचन शान्तिपूर्ण, भयरहित र मर्यादित वातावरणमा सम्पन्न भएको भन्दै सम्पूर्ण मतदाता तथा नागरिकप्रति धन्यवाद व्यक्त गरिएको जानकारी दिए ।

क्षेत्रीय सभापति केसीका अनुसार बैठकले निर्वाचनले लोकतन्त्र र गणतन्त्रलाई थप संस्थागत गर्ने विश्वास व्यक्त गरेको छ । निर्वाचनलाई लोकतान्त्रिक प्रणालीको आधारस्तम्भका रूपमा लिँदै हार–जितलाई स्वाभाविक परिणामका रूपमा स्वीकार गर्नुपर्ने र जनादेशलाई सबै पक्षले सम्मान गर्नुपर्ने निष्कर्ष निकालिएको उनले बताए । साथै नयाँ राजनीतिक शक्तिको उदयलाई स्वीकार गर्दै जनअपेक्षा अनुसार सुशासन, विकास र स्थायित्व प्रदान गर्नु नेतृत्व पंक्तिको प्रमुख जिम्मेवारी भएको बैठकले ठहर गरेको उनले जानकारी दिए ।

उनका अनुसार बैठकले संसदको दोस्रो ठूलो दलका रूपमा नेपाली कांग्रेसले सरकारका सकारात्मक कार्यमा सहयोग र गलत प्रवृत्तिविरुद्ध रचनात्मक खबरदारी गर्नुपर्ने धारणा पनि अघि सारेको छ । निर्वाचन परिणामबारे आत्मसमिक्षा गर्दै अपेक्षित सफलता हासिल गर्न नसकेको यथार्थ स्वीकार गरिएको र विगतका कमजोरी सुधार गर्दै संगठन सुदृढीकरण तथा जनतासँगको सम्बन्ध मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको केसीले बताए ।

बाँके क्षेत्र नम्बर १ को परिणामबारे बैठकले निर्वाचित प्रतिनिधि सुरेश कुमार थारूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । साथै कांग्रेसका उम्मेदवार तथा जिल्ला सभापति नारायण प्रसाद गौडेललाई मत दिने मतदाताप्रति आभार व्यक्त गरिएको उनले जानकारी दिए । प्रत्यक्षतर्फ उम्मेदवारले समानुपातिक भन्दा बढी मत ल्याएको तथ्यलाई सकारात्मक रूपमा लिँदै मत कम आउनुका कारणहरूको समीक्षा गर्ने निर्णय गरिएको छ ।

बैठकले पराजयका कारण पनि औंल्याएको छ । पार्टी संगठन बलियो हुँदाहुँदै पनि देशभरी नयाँ शक्तिप्रति आएको लहर, पार्टीका नेताहरुले गरेका गल्ती-कमीकमजोरीका साथै पार्टीले सुशासन कायम गर्ने र भ्रष्टाचार न्यूनीकरण गर्नेतर्फ प्रभावकारी कदम चाल्न नसक्नु,   स्थानीय तहका केही जनप्रतिनिधिमा व्यक्तिवादी प्रवृत्ति हावी हुनु, जनतासंग घुलमिल हुन नसक्नु तथा जनताबाट टाढिनु, जनभावना अनुसार सुशासन कायम गर्न नसक्नु, संघीय सरकारले सुरु गरेका लोककल्याणकारी कामहरुको संचालनमा अवरोध गर्नु, भ्रष्टाचार न्यूनीकरणमा कमजोरी तथा स्थानीय तहमा अवसर पाएका व्यक्तिहरूलाई निर्वाचनमा प्रभावकारी रूपमा परिचालन गर्न नसक्नु जस्ता पक्षहरूलाई मुख्य कारणका रूपमा औंल्याएको उनले बताए ।

फागुन २६ गते कोहलपुरमा आयोजित समिक्षा बैठकमा केही नेता–कार्यकर्ताबाट भएको अभद्र तथा उच्छृंखल गतिविधिप्रति दुःख व्यक्त गर्दै यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित पक्षलाई पार्टीको मर्यादा अनुरूप व्यवहार गर्न आग्रह गरिएको केसीले जानकारी दिए । त्यसैगरी प्रदेशसभा “ख” का सभापति बलराम शर्मामाथि लगाइएका आरोपलाई बैठकले निराधार ठहर गर्दै उनीप्रति सम्मान व्यक्त गरिएको र उनले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरिएको केसीले बताए । साथै आरोपका कारण शर्मालाई परेको मानसिक पीडाप्रति सहानुभूति व्यक्त गरिएको छ ।

बैठकले प्रतिनिधिसभा निर्वाचन २०८२ लाई सफल बनाउन योगदान पुर्‍याउने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, नागरिक समाज, पर्यवेक्षक तथा अन्य सरोकारवालाप्रति धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्ने निर्णय गरेको केसीले जानकारी दिए । राप्तीसोनारी ६ फत्तेपुरमा आइतबार बैठक सम्पन्न भएको हो । वैठकमा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्रका सभापति, पालिका सभापति, ३० वडाका सभापतिको पनि उपस्थिति थियो ।


प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP