नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सडक-आश्रित मानवहरूको उद्धार, संरक्षण र व्यवस्थापनका लागि लुम्बिनीमा 'प्रदेश विशेष उद्दार कार्यक्रम'
सडक-आश्रित मानवहरूको उद्धार, संरक्षण र व्यवस्थापनका लागि लुम्बिनीमा 'प्रदेश विशेष उद्दार कार्यक्रम'
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत १३, २०८२ बागेश्वरी पोस्ट
सडक-आश्रित मानवहरूको उद्धार, संरक्षण र व्यवस्थापनका लागि लुम्बिनीमा 'प्रदेश विशेष उद्दार कार्यक्रम'

नेपालगञ्ज । मानवता प्रवर्द्धन महाअभियान अन्तर्गत मानव सेवा आश्रमले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका सहयोगापेक्षी सडक-आश्रित मानवहरूको उद्धार, संरक्षण र व्यवस्थापनका लागि 'प्रदेश विशेष उद्दार कार्यक्रम' सञ्चालन गर्ने भएको छ । आश्रमका अनुसार उक्त कार्यक्रम यही चैत्र १५ गतेदेखि चैत्र ३० गतेसम्म सञ्चालन हुनेछ । यात्राको क्रममा लुम्बिनी प्रदेशका तराई, पहाड र उच्च पहाडी गरी १२ जिल्ला-बर्दिया, बाँके, दाङ, रुकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी (पश्चिम) र रुपन्देहीमा पुगेर सहयोगापेक्षी सडक-आश्रित मानवहरूको अवस्था अध्ययन तथा उद्धार सेवा प्रदान गरिनेछ ।

कार्यक्रमको अर्को महत्वपूर्ण उद्देश्य स्थानीय तहहरूसँग सहकार्य विस्तार गर्दै “सहयोगापेक्षी सडक-आश्रित मानवमुक्त लुम्बिनी प्रदेश” निर्माणका लागि सरोकारवाला निकायहरूबाट प्रतिबद्धता संकलन गर्नु रहेको आश्रमले जनाएको छ । मानव सेवा आश्रमले २०६९ सालदेखि खुला आकाशमुनि सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन तथा शारीरिक र मानसिक रूपमा कमजोर) व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलनको कार्य गर्दै आएको छ ।

हाल लुम्बिनी प्रदेशमा आश्रमका विभिन्न शाखामार्फत सेवा सञ्चालन भइरहेको छ । जस अनुसार रुपन्देहीको बुटवल केन्द्रमा ५५ जना, तिलोत्तमा केन्द्रमा १८० जना, दाङ शाखामा ६० जना र नेपालगन्ज शाखामा ८० जना गरी जम्मा ३७५ जना आश्रित रहेका छन् । मानव सेवा आश्रमकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले प्रदेशस्तरीय उद्दार यात्राको प्रारम्भ गर्नेछिन् ।

यसैबीच, आश्रमले आमनागरिकसँग महत्वपूर्ण अपिल पनि गरेको छ । यदि कतै सहयोगापेक्षी, बेसहारा वा सडकमा कष्टपूर्ण अवस्थामा जीवनयापन गरिरहेका मानवहरू देखिएमा नजिकको उद्धार टोली वा मानव सेवा आश्रममा तुरुन्त जानकारी गराई सहयोग गर्न आग्रह गरिएको छ । यसले समयमै उद्धार गरी उनीहरूको जीवन रक्षा र पुनर्स्थापनामा ठूलो सहयोग पुग्ने विश्वास आश्रमले लिएको छ ।


प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  २०:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना
नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP