prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • श्रीमानको हत्या आरोपमा श्रीमती र उनका प्रेमी पक्राउ
श्रीमानको हत्या आरोपमा श्रीमती र उनका प्रेमी पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत १३, २०७६ बागेश्वरी पोस्ट
श्रीमानको हत्या आरोपमा श्रीमती र उनका प्रेमी पक्राउ

जनकपुर । धनुषाको शहीदनगर नगरपालिकामा श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा श्रीमतीसहित उनका एक पुरुष मित्रलाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको शहीदनगर नगरपालिका–३ का ६० वर्षीय राजकिशोर मण्डलकी श्रीमती कौशिलादेवी र सोही नगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी २७ वर्षीय राकेशकुमार पक्राउ परेका हुन् ।

शहीदनगरको डिहबारस्थित आफ्नै घरको कोठामा सुतिरहेका राजकिशोरमाथि कंक्रिट प्रहार गरेर कौशिलादेवी र राकेशले हत्या गरेको प्रहरीको आरोप लगाएको छ ।

२७ फागुनमा होलीको दिन कोशिलादेवी र राकेशबीच टेलिफोनमा कुराकानी भई योजनाबद्ध ढंगले राजकिशोरको हत्या भएको प्रहरीको दाबी छ ।

प्रहरीले राजकिशोरलाई राति खानामा नसालु ट्याब्लेट मिसाएर खुवाइएको र नसामा मातेर सुतिरहेको अवस्थामा कौशिलादेवीले राकेशलाई घरमा बोलाएर हत्या गर्न लगाएको जानकारी दिएको छ ।

राजकिशोर सुतिरहेका बेला दुवैजना मिलेर कंक्रिट प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

राजकिशोरको निधारमा पटक–पटक प्रहार गरी विभत्स तरिकाले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको कार्कीले बताए । घटनाको जानकारी पाउनासाथ प्रहरीले अनुसन्धान सुरु गरेका थिए ।

प्रहरीले कोशिलादेवीलाई घटनास्थलबाटै र राकेशकुमार मण्डललाई उनको घरबाट पक्राउ गरेको छ । राकेशको कौशिलादेवीसँग प्रेम सम्बन्ध रहेको समेत प्रहरीको दाबी छ ।

प्रहरी नियन्त्रणमा रहेका उनीहरुले ढुंगाले टाउकोमा प्रहार राजकिशोरको हत्या गरेको स्वीकार गरेका छन् । नियन्त्रणमा लिएका दुवैजनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पाँचजनालाई पूर्पक्षका लागि थुनामा

सोनलाल पुलामीको हत्या अभियोगमा पाँच जनालाई पुर्पक्षनका लागि जिल्ला अदालत धनुषाले थुनामा पठाउन आदेश दिएको छ । धनुषाको रघुनाथपुर निवासी पुलामीको गत फागुन १६ गते हत्या भएको थियो ।

मंगलबार जिल्ला अदालतमा मुद्दा पेश भएकोमा बुधबार न्यायाधीश राजेश कटुवालको ७ नम्बर इजलासमा बहस भएको थियो । बहस सकिएलगत्तै न्यायधीश कटुवालले हत्यामा संलग्न पक्राउ परेका पाँचै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ अनुसार उनीहरुलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको अदालतले जनाएको छ । अदालतले उनीहरुलाई बुधबारै सिन्धुली जिल्ला कारागारमा पठाएको हो ।

धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुरमा पुलामीलाई मादक पदार्थ सेवनगरी मातेका विभिन्न आठ जनाको समूहले सामुहिक आक्रमणगरी हत्या गरेको थियो ।

उनको हत्या अभियोगमा घटनाको केही घण्टाभित्रै पाँच जना पक्राउ परेका थिए ।
पक्राउ पर्नेहरुमा पटेवाका सोनु मोनु भन्ने अमित कुमार यादव, सबैला १ का जितेन्द्र राउत, अशेष यादव, कपिल सदा र धर्मदेव भन्ने धर्मदेही राउत छन् ।

घटनामा संलग्न अन्य तीन जना अमरजित राउत, रोहित गोसाइँ र परीक्षण कुमार यादव फरार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP