नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, जेठ १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार महासंघ बाँकेमा 'डुडुवा सभा हल' निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
पत्रकार महासंघ बाँकेमा 'डुडुवा सभा हल' निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
बागेश्वरी पोस्ट
बिहीबार, चैत २६, २०८२ बागेश्वरी पोस्ट
पत्रकार महासंघ बाँकेमा 'डुडुवा सभा हल' निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखामा डुडुवा सभा हल निर्माण गरिएको छ । डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा नवनिर्मित डुडुवा सभा हलको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी (पप्पु) ले उद्घाटन गरे । चौधरीले शिलालेख अनावरण एवम् रिबन काटेर सभा हलको उद्घाटन गरेका थिए । शाखाको नेपालगञ्ज ४ सञ्चारग्राम (बसपार्क) स्थित भवनको दोस्रो तलामा सभा हल निर्माण गरिएको हो । डुडुवा गाउँपालिकाको १० लाख रुपैयाँ आर्थिक सहयोगमा सभा हल निर्माण गरिएको अध्यक्ष नवीन गिरीले बताए । नेपालगञ्ज उपमहानगरपालिकाले उपलब्ध गराएको जग्गामा साविक जिल्ला विकास समिति, नेपालगञ्ज उपमहानगरपालिका लगायतको सहयोगमा शाखाको भवन निर्माण गरिएको थियो । 

May be an image of one or more people, dais and text

नव बर्ष २०८३ को पूर्व सन्ध्यामा आयोजना गरिएको सभा हल उद्घाटन एवम् भित्तेपात्रो विमोचन कार्यक्रममा शुभकामना आदानप्रदान समेत गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले स्थानीय मिडियाको संरक्षण, प्रबद्र्धन र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए । लोकतन्त्रमा मिडिया वाचडगको रुपमा रहने भन्दै उनले मिडिया नै खास प्रतिपक्षको भूमिकामा रहनुपर्ने बताए । अध्यक्ष चौधरीले आफू मिडियासंग सहकार्य र समन्वय गरेर अघि बढिरहेको बताए । शाखा अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै विशिष्ट अतिथि पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले सरकारले निजी मिडियालाई नियन्त्रण गर्न खोजेको आशंका ब्यक्त गरे । सरकारको नीति विरुद्ध सबै पत्रकार गोलबद्ध हुनुपर्नेमा उनको जोड छ । शाखा अध्यक्ष गिरीले महासंघको अगुवाईमा डुडुवा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा चालू आर्थिक बर्षभित्रै सञ्चार नीति निर्माणका लागि काम अघि बढेको बताए । सभा हल निर्माणका लागि सहयोग गरेकोमा डुडुवा गाउँपालिकालाई धन्यवाद दिँदै गिरीले निरन्तर सहकार्यका लागि आग्रह समेत गरे ।  

May be an image of one or more people and text

त्यसक्रममा महासंघ लुम्बिनी प्रदेश सचिव गोविन्द शर्मा, बाँके शाखाका पूर्व अध्यक्षहरु झलक गैरे, रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, अग्रज पत्रकार अछरी पोखरेलले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । यसैगरी अवधि पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष राकेश कुमार मिश्र, प्रकाशन तथा प्रशारण समाजका केन्द्रिय सचिव आशिष कुमार गुप्ता, क्रियाशील पत्रकार महिला बाँकेका उपाध्यक्ष विमला चौधरी, थारु पत्रकार संघ बाँकेका अध्यक्ष जागेश्वर सिंह थारु, ठकुरी पत्रकार समाजका बाँकेका सचिव विजय मल्लले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । शाखा उपाध्यक्ष एवम् भित्तेपात्रो प्रकाशन समितिका संयोजक तिलक गाउँलेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव कृष्ण ओलीले गरेका थिए ।

May be an image of one or more people, hospital and textMay be an image of one or more peopleMay be an image of one or more people, hospital and text that says 'शुभ रहोस वर्ष શ०८३ सभा हल समुद्राटन तथा भित्तेपात्रो विमोचन कार्यक्रम जिरे 정(공 甘. + विहेस्ान 重子 आयोजक 哈 सायोलय नेपाल मत्रकार महासंघ चशरास (पच्माक) নাसাहসনম বাरক'


प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १९:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चर्को गर्मी र तातो हावाले बाँकेको जनजीवन प्रभावित, तापक्रम ४० डिग्री माथि
चर्को गर्मी र तातो हावाले बाँकेको जनजीवन प्रभावित, तापक्रम ४० डिग्री माथि
८ बुँदे 'नेपालगञ्ज-घोषणापत्र' जारी गर्दै पत्रकार महासंघ बाँकेको पन्ध्रौँ साधारण सभा सम्पन्न
८ बुँदे 'नेपालगञ्ज-घोषणापत्र' जारी गर्दै पत्रकार महासंघ बाँकेको पन्ध्रौँ साधारण सभा सम्पन्न
जेठ १४ देखि ४ दिन लगातार सार्वजनिक बिदा
जेठ १४ देखि ४ दिन लगातार सार्वजनिक बिदा
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP